नेभिगेशन
नेताका कुरा

रास्वपा रोल्पाको सभापतिमा रमेश थापा

रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको प्रथम जिल्ला भेला सदरमुकाम लिबाङमा सम्पन्न भएको छ ।  भेलाले रमेश थापा क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जिल्ला समितिको उपसभापति, सचिव र सहसचिवमा क्रमशः बालाराम थापा, भुपेन्द्र सिंह वली र बालाराम डाँगी रहेका छन । त्यस्तै समितिको सदस्यहरुमा एचबि घर्तीमगर, टेकनाथ गिरी, मुना डाँगी, कर्ण जंग केसी र बल बहादुर बढामगर रहेका छन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेलाको उद्घाटन लुम्बिनी प्रदेशका पार्टी सभापति तथा केन्द्रिय सदस्य देवरावज पाठकले गरेका थिए। भेलाका प्रमुख अतिथि प्रदेश सभापति पाठकले अहिलेको सरकारले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्न सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीको मुद्दा दर्ता गराएको दावी गरे ।  “हाम्रो पार्टी सभापति रवि लामिछाने माथि अहिलेको सरकारले पूर्णतः राजनीतिक प्रतिशोध साँध्ने काम गरेको छ । अदालतले उहाँलाई न्याय दिने छ भन्नेमा हामी आशावादी छौँ ।”, प्रदेश सभापति पाठकले भने, “रास्वपालाई कमजोर बनाउन अहिलेको सरकारले जतिसुकै झुट्ठा अभियोग लगाए पनि रास्वपा कमजोर नभई अझैं बलियो बन्दै गई रहेको छ । आगामी चुनावमा काग्रेस, एमालेलाई जनताले भोट नदिएर पाखा लगाउने निश्चित छ ।”

Ncell
Extreme Energy

केपी ओली नेतृत्वको सरकारले आफ्नालाई बचाउने र रास्वपालाई फसाउने प्रपञ्च गरिरहेको उनले आरोप लगाए । उनले भने, “अहिलेको सरकारको काम भनेकै रास्वपालाई फसाउने नियत देखिएको छ । रास्वपाका नेता कार्यकर्तालाई जसरी पनि फसाउन प्रहरी प्रशासनको चरम दुरुपयोग गरिएको छ । काग्रेस, एमालेका कार्यकर्तालाई जसरी पनि बचाउन कानुनको विभिन्न छिद्रहरु प्रयोग गरी रहेको घाम जत्तिकै छर्लङ्ग छ ।”

कार्यक्रम रास्वपा लुम्बिनी प्रदेशका सहमहामन्त्री शरद बन्धु डिसीले लुम्बिनी लगायत देशैभर रास्वपाको प्रभाव बढ्दै गएको दाबी गरे । उनले भने “लुम्बिनीमा रास्वपाको पार्टी सदस्यता दिन प्रतिदिन बढ्दो छ । देशैभरी रास्वपाको प्रभाव बढ्दै गएको छ । कांग्रेस, एमालेप्रतिको आकर्षण अहिलेको सरकारको रबैयाका कारण घट्दै गएको छ ।” कार्यक्रममा लुम्बिनी प्रदेश ¥यापिड एक्सन टिम (¥याट) का संयोजक विनय घिमिरेले रास्वपालाई देशकै ठूलो पार्टी बनाउन रास्वपाका नेता कार्यकर्ताहरुले इमान्दारिताका साथ मिहिनेत गर्नुपर्ने बताए । 

रास्वपाले रोल्पा सहित ६१ जिल्लामा जिल्ला भेला सम्पन्न गरी नयाँ नेतृत्व चयन गरी सकेको छ । यसै बीच रास्वपा रोल्पाको प्रथम बैठक पनि सदरमुकाम लिबाङमा सम्पन्न भएको छ । बैठकले पार्टीको आगामी कार्य योजना समेत पारित गरेको जिल्ला सभापति थापाले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

पाण्डेले विज्ञप्ति जारी गर्नुअघि उनलाई प्रधानमन्त्री बालेन शाहको टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर घटनाका बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।
ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

अहिले बजारमा ग्यासको हाहाकार भएपछि संसदीय समितिले छलफल चलाउने भएको छ ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै

पाँच वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै,  विपक्षी दलले ल्याएको सुकुमवासीसम्बन्धी जरुरी महत्वको प्रस्तावमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, विपक्षी दलले ल्याएको सुकुमवासीसम्बन्धी जरुरी महत्वको प्रस्तावमाथि छलफल हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।