नेभिगेशन
सबै कुरा

श्रीमानको हत्याराको आममाफीविरुद्ध भारतीको दर्ता गरेको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडाैँ : नेपालगञ्जका चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गर्ने रिगल भनिने योगराज ढकालको सजाजमाफी विरुद्ध चेतन मानन्धरकी श्रीमति भारती मानन्धरले दायर भएको रिटउपर सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको सजाय मिनाह गरेको भन्दै उक्त निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उनले दायर गरेको रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मी सम्मिलित पूर्ण इजलास तोकिएको छ । 

CG

यसअघि गत असोज १८ गते न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले विपक्षीलाई मिति र समयसमेत तोकेर विभिन्न प्रश्नहरुको लिखित जवाफ माग गरेको थियो ।

न्यायाधीश शर्माकाे  इजलासले सरकारसँग लिखित जवाफ माग्नुका साथै राष्ट्रपति कार्यालयबाट भएको आममाफीको सम्पूर्ण सक्कल फाइल मगाएको थियो।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरुमध्ये १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ ।
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीहरु हरिप्रसाद फुँयाल,  मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले आज नेपाली कांग्रेसका निर्वतमान ८ सांसदले दायर...
रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सचापति रवि लामिछानेसँग सम्बन्धीत मुद्दाको सुनुवाई आज पनि नहुने भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आजका लागि तोकिएको पेशी हेर्न नमिल्नेमा परेको हो...
सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति पक्राउ गरेको थियो । शान्ति सुरक्षामा खलल पुर्‍याउनेगरी भड्काउ अभिव्यक्ति दिएको भन्दै निवासबाटै उनलाई पक्राउ गरिएको थियो ।