नेभिगेशन
सबै कुरा

आफुहरुको मागप्रति गम्भीरता नदेखाएको भन्दै सरकारविरुद्ध आन्दाेलन गर्ने निर्माण व्यवसायीकाे तयारी

काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आफुहरुको मागप्रति गम्भीरता नदेखाएको भन्दै निर्णायक आन्दोलन गर्ने तयारी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले निर्णायक आन्दोलनको तयारीका लागि पुष २७ गते शनिबार काठमाडौँमा राष्ट्रिय भेला बोलाइएको जनाएको हो ।

Ncell
Extreme Energy

भेलामा देशभरका निर्माण व्यवसायीहरूको प्रतिनिधित्व हुने र आन्दोलनको अन्तिम खाका बनाइने महासंघले जनाएको छ । निर्माण उद्योगप्रतिको सरकारले उदासिनता देखाएको भन्दै त्यसका विरुद्ध निर्णायक आन्दोलनको विकल्प नभएको महासंघका सभापति रवि सिंहले बताए ।

खस्कँदो अवस्थामा रहेको मुलुकको अर्थतन्त्र उकास्न सबैभन्दा महत्वपूर्ण क्षेत्र निर्माण भएपनि निमौण क्षेत्रले नै अत्यन्तै जटिल समस्याहरु र त्यसको प्रभाव भोगिरहनु परेको उनले बताए । 

उनले निर्माण कार्य सम्पन्न गरेबापत निर्माण व्यवसायीहरूले पाउनुपर्ने रकम तत्काल निकासा गर्नका लागि सरकारी निकायबाट प्रतिवद्धता आएपनि भुक्तानीको समस्या पूर्णरुपमा समाधान हुन नसकेको उल्लेख गरे । 

समयमा नै भुक्तानी नभएका कारण चालू आर्थिक बर्षमा थप निर्माण कार्य सहज रुपमा अघि बढ्न नसक्ने देखिएको महासंघले जनाएको छ । महासंघले निर्माण उद्योगका समस्या समाधानका लागि महासंघ समेतको प्रतिनिधित्व रहने गरि तत्काल उच्चस्तरीय आयोग गठन गर्न सरकारसंग माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौंडा हुँदै काठमाडौँ आउने छोटो दूरीका  राजमार्गहरु शुक्रबार बेलुकीदेखि रातिमा बन्द हुने भएका छन् ।
कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

निरन्तरको बर्षाकाकारण जलसतह बढन सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उनले बताए । यद्यपि इन्द्र सरोवरमा हाल जलसतह सामान्य अवस्थामा...
बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ । निर्णय कार्यान्वयनमा सहजीकरणका...