नेभिगेशन
सबै कुरा

विपद् प्रभावित सडक पुनर्निर्माणका लागि बागमती प्रदेश सरकारले १५ करोड उपलब्ध गराउने

मकवानपुर । बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक तथा पूर्वाधार पुनर्निर्माणका लागि रु १५ करोड २५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको बैठकले विपद् प्रभावित प्रादेशिक सडक तथा पूर्वाधार निर्माण गर्न रु १५ करोड २५ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

विपद् प्रभावित हेटौँडा–काठमाडौँ सडक पुनर्निर्माण गर्न रु ११ करोड २५ लाख र प्रदेशका अन्य सडक तथा पूर्वाधार मर्मत गर्न रु चार करोड बजेट व्यवस्था गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

City Express

उनका अनुसार बैठकले कुलेखानी–सिस्नेरी सडक मर्मत गर्न रु ५० लाख, कुलेखानी–महालक्ष्मी खोला फाखेल खण्ड मर्मत गर्न रु २५ लाख बजेट व्यवस्था गरेको छ । 

साथै सिमखोलमा बेलिब्रिज राख्न रु दुई करोड, सिस्नेरी खण्डको सडक पुनर्निर्माणका लागि रु छ करोड र सिस्नेरी–छैमले खण्डको सडक पुनर्निर्माण गर्न रु दुई करोड ५० लाख व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए । बैठकले उक्त बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध र विषयगत मन्त्रालयको बजेटबाट व्यवस्था गर्ने निर्णय गरेको  उनले जानकारी दिए । 

बिहीबार सम्पन्न प्रदेश विपद् परिषद्को बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव गरेअनुसारको बजेट व्यवस्था गर्ने निर्णय गरेको थियो । बैठकले सङ्घीय सरकारबाट सरूवा भएर आएका सचिव वीरेन्द्रदेव भारतीलाई प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ । 

साथै प्रदेश सरकारले ११औँ तहमा बढुवा गरेका निरञ्जन श्रेष्ठलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र ललितपुरमा पदस्थापन गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री

चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री

अर्थमन्त्री खनालका अनुसार सरकारले निर्वाचनका लागि विनियोजन भएर बाँकी भएको रकम पुनःनिर्माणमा लगाउने तयारी छ । सरकारको प्रमुख लक्ष्य नै निर्वाचन भएको र यसअघि तीन तहको चुनाव गराउन...
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

सो अवसरमा  प्रधानमनन्त्रीले कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयका सहसचिव भृगु...
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरेकी...