नेभिगेशन
सबै कुरा

राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ निर्माण सुरू भएको छ । 

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह परिसरमा स्विचयार्ड निर्माणका लागि फाउण्डेशन तयार पार्न थालिएको हो । स्विचयार्डका उपकरणले विद्युत्गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ । राहुघाट जलविद्युत् आयोजनाको सिभिल महाशाखा प्रमुख रविन कट्टेलले एआइएस (एयर इन्सुलेटेड) प्रविधिको स्विचयार्ड निर्माण गर्न लागिएको जानकारी दिए । 

City Express

“सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) ले स्विचयार्डको फाउण्डेशन तयार पार्ने कामलाई तीव्रता दिएको र हाइड्रोमेकानिकल ठेकेदार भारत हेवी इलेक्ट्रिकल्स (भेल)ले जडान गर्ने उपकरण तयार पारेर आयात थालेको छ”, उनले भने, “आगामी २०८२ असार १५ भित्र राहुघाट निर्माण सम्पन्न गर्ने कार्ययोजनासहित निर्माणलाई तीव्रता दिएका छौँ ।”

राहुघाटबाट उत्पादन हुने विद्युत् लिलो (लुप इन, लुप आउट) प्रविधिबाट दुई सय २० केभी क्षमताको कालीगण्डकी कोरिडोर दाना–कुश्मा प्रसारण लाइन (डबल सर्किट) मार्फत केन्द्रीय ग्रिडमा जोडिने भएको छ । चार वटा प्रसारण लाइनको टावर निर्माण भइसकेको छ ।   

विद्युत्गृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने एक सय २८ मिटर लामो टेलरेस डग निर्माण सकिएको छ । विद्युत्गृहबाट निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । टर्वाइन, जेनेरेटरका पाट्स जडान गर्ने काम थालिएको छ । आयोजनाको जग्गा अधिग्रहणदेखि हालसम्मको भौतिक प्रगति ७७ दशमलव १६ प्रतिशत रहेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसील बताए । 

“बाँधमा ब्यारेज, छ हजार दुई सय ७० मिटर लामो मुख्य सुरूङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माण सकिएको छ”, उनले भने, “डिसेन्डर (पानी थिग्राउने पोखरी), पावर इन्टेक, मुख्य सुरूङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको छ ।”

मुख्य सुरूङको चार वटा अडिटबाट करिब दुई हजार तीन सय मिटर लाइनिङ (ढलान र प्लास्टर) सकिएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्ध जलाशययुक्त ९पिआरओआर० प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृहबाट निर्माणाधीन छ ।

आयोजनाको सिभिल ठेकेदारसँग विसं २०७४ मङ्सिर महिनामा ठेक्का सम्झौता भएको थियो । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ । 

कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० मा सकिनुपर्ने थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्‍याइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘कोरोनापछि हामी नेपालसँग कुनै सहकार्य भएको छैन' : इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुप

‘कोरोनापछि हामी नेपालसँग कुनै सहकार्य भएको छैन' : इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुप

उनीहरूका अनुसार, कोभिड महामारीका समयमा ‘हामी नेपाल’ नामक संस्थामार्फत् मानवीय सेवामा संलग्न भइएको थियो, जहाँ सुदन गुरुङ नेतृत्वको संस्थासँग अल्पकालीन सहकार्य भएको थियो। तर सो अवधि यता कुनैपनि...
समृद्ध नेपाल निर्माणमा जुट्न गोल्यान ग्रुपको आह्वान

समृद्ध नेपाल निर्माणमा जुट्न गोल्यान ग्रुपको आह्वान

गोल्यानले संघर्षबाट आशा र उज्यालो भविष्यप्रति अटल विश्वासले भरिपूर्ण नयाँ पुस्ताको उदय भएको जनाएको छ । ‘यो एक नयाँ सुरुवात हो, जसले बलिदानलाई सम्मान र न्यायलाई समर्थन गर्दछ...
एनसेलमा तोडफोड, आगजनी र डकैती गर्नेहरुकाे सिसिटिभी फुटेजसहित प्रहरीमा उजुरी

एनसेलमा तोडफोड, आगजनी र डकैती गर्नेहरुकाे सिसिटिभी फुटेजसहित प्रहरीमा उजुरी

प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाको क्रममा कैद भएका सम्पूर्ण सिसिटिभि फुटेज पनि अनुसन्धानलाई...
खरानी बनेको सतुंगलस्थित सिजी इलेक्ट्रोनिक्सको शोरुम (तस्बिरहरु)

खरानी बनेको सतुंगलस्थित सिजी इलेक्ट्रोनिक्सको शोरुम (तस्बिरहरु)

चौधरी समूहको सतुंगलमा रहेको सिजी इलेक्ट्रोनिक्सको शोरुम र थापाथलीमा रहेको सिजी मोटर्सको शोरुममा पूर्ण रुपमा तोडफोड र आगजनी भएको छ । अहिले उक्त ठाउँ पुरै खरानीमा परिणत भएको...