नेभिगेशन
सबै कुरा

राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन संघीय संसद भवनको अवलोकन (तस्विरहरु)


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन नयाँ संघीय संसद भवनको अवलोकन गरेका छन् । सोमबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् । 

Ncell
Extreme Energy

सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगाएतले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए । सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सो भवन निर्माणमा भईरहेको प्रगतिबारे राष्ट्रपति पौडेललाई जानकारी  गराएका थिए । सो क्रममा पौडेलले सम्बद्ध पक्षलाई यथाशक्य चाँडो सक्न निर्देशन पनि दिए ।

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद भवनको संरचना निर्माण गरिएको छ । १ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ । 

संघीय संसद भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ ।









प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौँडा-काठमाडौँ सडक भोलिदेखि रातिमा बन्द

हेटौंडा हुँदै काठमाडौँ आउने छोटो दूरीका  राजमार्गहरु शुक्रबार बेलुकीदेखि रातिमा बन्द हुने भएका छन् ।
कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

निरन्तरको बर्षाकाकारण जलसतह बढन सक्ने अवस्थालाई दृष्टिगत गरी साइरनका माध्यमबाट सर्वसाधारणलाई सुसूचित गराउन ती ठाउँमा साइरनको व्यवस्था गरिएको उनले बताए । यद्यपि इन्द्र सरोवरमा हाल जलसतह सामान्य अवस्थामा...
बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ । निर्णय कार्यान्वयनमा सहजीकरणका...