नेभिगेशन
सबै कुरा

जीबी राईकाे राहदानी रद्द गर्न अदालतकाे आदेश

काठमाडाैँ । सहकारी ठगीका फरार अभियुक्त गितेन्द्रबाबु राई (जीबी)को राहदानी रद्द गर्न अदालतले आदेश दिएको छ। शुक्रबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमाल बेलबासेको इजलासले गोरखा मिडिया नेटवर्कका अध्यक्ष राईको राहदानी रद्द गर्न आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखराको सुर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा प्रतिवादी रहेका राई विदेशमा रहेको आँकलनमा उनको राहदानी रद्द गर्न अदालतले राहदानी विभागलाई आदेश दिएको हो । राईलाई पक्राउ गर्न इन्टरपोलमा रेड नोटिस जारी गर्नुका साथै नेपाल प्रहरीले पटकपटक टोलीनै विदेश पठाएपनि उनलाई पक्राउ गर्न सकेको छैन । 

Ncell
Extreme Energy

पक्राउ गर्न नसकेपछि प्रहरीले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न पत्र लेखेको थियो तर विभागले मानेको थिएन । त्यसपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत अदालतलाई निवेदन गरेको थियो। सो प्रक्रियापश्चात अदालतले राईको राहदानी रद्द गर्न आदेश दिएको हो । 

राईविरुद्ध पोखराको सुर्यदर्शन सहारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा , रुपन्देहीको सुप्रिम, वीरगञ्जको सानोपाइला आरोप छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न र नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
ताकमकोतको ठेलो प्रतियोगितामा अशोकको ११औँ जित

ताकमकोतको ठेलो प्रतियोगितामा अशोकको ११औँ जित

म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा बडादसैँको महानवमीका अवसरमा आयोजित परम्परागत ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११औँ पटक उपाधि जितेका छन् ।
कास्कीमा असोजमा ३२ फरार प्रतिवादी पक्राउ

कास्कीमा असोजमा ३२ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रधानमन्त्री बालेनको शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन एकजुट होऔं

प्रधानमन्त्री बालेनको शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन एकजुट होऔं

प्रधानमन्त्री बालेन शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् ।