नेभिगेशन
सबै कुरा

थला परेकी बिन्दु कुमारीः श्रीमान बिते, छोराको विदेशबाट शव आयो, छोरीकाे एउटा खुट्टा गुम्याे

काठमाडौँ । दिउँसै बत्ती बालेर छिर्नुपर्ने सानो अँध्यारो कोठा । एकछेउमा टिनको दराज, त्यसैको छेउमा खुट्टे खाट । खाटमा अचेत ढलिरहेकी छिन्, ६५ वर्षीया बिन्दु कुमारी तितुङ ।


Dish Home
Global Ime Bank

अस्वस्थ आमाको खुट्टातर्फ बसेर आमाकै सिरक थम्थम्याइरहेकी छिन्, २६ वर्षीया कोपिला, जो आफैँमा अशक्त छिन् । 

किर्तिपुरको प्रहरीको बिट नजिकैबाट अघि बढेपछि रङ्ग नलगाएको एक पुरानो घर पुगिन्छ । सोही घरसँगै टाँसिएको अर्को एक टहरोमा जिन्दगीको दुःखका रातहरू बिताइरहेका छन् बिन्दु र कोपिलाका आमाछोरी ।


जीवनको उत्तरार्धमा आधा दर्जन रोगले थलिएकी आमा र शारीरिक रुपमा आफैँ पनि अशक्त कोपिलाको जीवन सुन्दर भविष्यको सपनाहरू पछ्याउँदा पछ्याउँदै बज्रपातले बजारिएका छन् । घरको मुख्य भरोसा रहेका श्रीमान् बिते, सुखको खोजीमा परदेशिएका छोराको प्राण पखेरो उतै खोसियो । छोरी दुर्घटनामा परेर अशक्त भइन् । राेगले ग्रस्त बिन्दु सहाराविहिन भइन । 

०००

तितुङको परिवारको स्थायी घर बारा जिल्ला हो । तर, उनीहरु काठमाडौँ आएर बसेको ३० वर्ष बढी भयो । किर्तिपुरमा बसोबास गर्दै बिन्दु र उनका श्रीमान ज्याला मजदुरी गर्थे । त्यसैको कमाईबाट छोरा गणेश र छोरी कोपिला हुर्काए ।

बिहान खाए बेलुका के खाउँ भन्ने अवस्थाबाट गुज्रिएको बिन्दुको परिवारमा एक दशकअघि पहिलो ठूलो बज्रपात पर्यो । 

प्रेसर र सुगरबाट ग्रसित उनका श्रीमानको समयमा उपचार गर्न नसक्दा ज्यान गयो । घरको सबै व्यवहार चलाउने श्रीमानको मृत्युपछि बिन्दुले छोरा–छोरीलाई हुर्काउन आफैँ कम्मर कसिन् । छोराछोरी हुर्काउन बिन्दु कहिले बिहानै बल्खु पुगेर मकै ल्याएर पोल्थिन् भने कहिले बदाम बेचेर परिवार चलाउन थालिन् ।


बुढ्यौली उमेरमा चिसो र धुलोमा काम गर्दै आएकी बिन्दुलाई ग्यास्टिक, पाठेघर र मुटुको रोगले च्याप्न थाल्यो । अशक्त बहिनी र आमाको स्वास्थ्य अवस्थाका कारण गणेश घर धान्न परदेसिने निर्णयमा पुगे ।  

९ वर्षअघि मलेसिया उडेका गणेशको कमाईले केही समय परिवार राम्रै चल्दै थियो । काम राम्रो भएको भन्दै उनले भिसा समेत थपेका थिए । मलेसिया बसाईको ५ वर्ष पुगेपछि २०७७ सालको एक दिन गणेशले घरमा फोन गरेर आमा र बहिनीलाई आफू मारिन लागेको खबर सुनाए । 

त्यस पहिले सबै ठिकठाक बताउने गणेशले एक्कासी आफूलाई साथीहरुले मार्न लागेको खबर सुनाए र सम्पर्कविहिन बने । त्यसको एक हप्तासम्म सम्पर्कबिहिन रहेका उनको एक्कासी मृत्युको खबर परिवारमा आइपुग्यो । श्रीमान् गुमाए पछि जसोतसो छोराले धान्दै गरेको घर पुनः उजाडियो ।   


गणेशको काजकिरिया गर्न सरकारले २ लाख क्षतिपूर्तिबापतको पैसा दियो । बहिनी कोपिलाले दाजुको पैसा नचलाउने भनेर नजिकै शाखा रहेको शिवशिखर बहुद्देश्यीय सहकारीमा जम्मा गरिदिइन् । सो सहकारीले मासिक २ हजार ब्याज दिन्थ्यो । 

घरमा नुनपानी खानलाई जसोतसो ब्याजले पुग्थ्यो, आमा जसोतसो घिस्रिएरै भएपनि त्रिवि परिसरमा बदाम बेच्थिन् । दुखका साथ बिन्दु र कोपिलाको गुजारा चल्दै थियो, सहकारीमा समस्या सुरु भयो । 

ब्याजको आशले सहकारीमा पैसा राखेका आमाछोरीको मुल धन नै लिएर सहकारी फरार भयो । 


जीवन धान्नै कठिन भएपछि बैसाखी टेकेर १२ कक्षासम्म अध्ययन गरेकी कोपिला नजिकैको एक नीजि कम्पनीमा काम गर्थिन् । कोपिलाको जागिर र आमाले बेच्ने बदामको कमाईबाट जसोतसो चलिरहेको थियो । तर, अहिले कोपिलाले काम गर्ने कम्पनी कीर्तिपुरबाट सरेर अन्तै गयो । एक खुट्टाको भरमा उनी कम्पनीको पछिपछि जान सकिनन् । 

अब घरको सबै दायित्वको आमा बिन्दुकै काँधमा आयो । एक दिन बदाम बेच्ने क्रममा चिप्लिएर बिन्दु लडिन् । आफन्तको सहयोगका भरमा जसोतसो उनको उपचार त भयो, तर उनी उठेर हिँड्न नसक्ने अवस्थामा पुगिन् । 

अहिले उनको कम्मरभन्दा तल देब्रो खुट्टा चल्दैन । एक खुट्टाको बलमा जसोतसो शौचालय जान्छिन्, खाटबाट तल झर्न अशक्त छोरीको भर चाहिन्छ पुरानो रोग त छँदै छ ।


एक पछि अर्को समयको बज्र टाउकोमा बजारिएपछि यतिबेला बिन्दु र कोपिला साहाराबिहिन बनेका छन् । श्रीमान् र छोराको बियोगले बिन्दुलाई बिझाइरहन्छ । 

उनीहरुलाई अहिले खाए भरे के खाने, भरे खाए भोली के खाउँ भन्ने चिन्ताले सताएको छ । सरकारले दिने आमाछोरीको भत्ताबाहेक अन्य सबै आम्दानीको स्रोत बन्द भएपछि उनीहरुले मनकारीबाट सहयोगको याचना गरीरहेका छन् ।  

छोरी कोपिला अशक्त भएपनि उनीसँग कम्प्युटर र डिजिटल मार्केटिङको ज्ञान र अनुभव छ । तर, उनी बिरामी आमा छोडेर कामका लागि टाढा जान पाउँदिनन् । 

आमाको उपचार र आफूलाई घरमा बसेर काम गर्ने अवसर मिलाइदिए आफ्नी आमा अझै केही वर्ष बाँच्ने र आफूलाई पनि सहयोग हुने उनी बताउँछिन् । 

भनिन्छ नी बरु ऋण लागोस् तर दिन नलागोस् । तर, बिन्दु र कोपिला आमाछोरीको जीवनमा जे नहोस् भनेको त्यही मात्रै भइरहेका छन् । आफ्नो दुःखले कठ्याङ्ग्रिएका उनीहरुले मनकारीबाट सहयोगको अपेक्षा राखेका छन् । 

बिन्दु र कोपिला आमाछोरीलाई सम्पर्क र सहयोग गर्न :

कोपिला लामा :

सम्पर्क नम्बर : ९८४९५७०९३०

बैँक खाता विवरण :

नाम : कोपिला लामा 

कुमारी बैँक, किर्तिपुर ब्रान्च

खाता नम्बर : १०८०२१७५२१७००००१

- फाेटाे/भिडियाे : दिपेन्द्र थापा मगर


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनमा ५ महिनामा थपिए ५२ एचआइभी सङ्क्रमित

चितवनमा ५ महिनामा थपिए ५२ एचआइभी सङ्क्रमित

भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालमा दर्ता भएका सङ्क्रमितमा उनीहरु नयाँ थपिएका हुन । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाका अनुसार अस्पतालमा रहेको यस फाउण्डेसनमा सन् २०२५ को...
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, परीक्षण गर्न छैन पर्याप्त कीट

भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, परीक्षण गर्न छैन पर्याप्त कीट

यसले सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च देखाएको स्वास्थ्यकर्मीहरु बताउँछन् । विभागले २०० कीट पठाएसँगै प्रदेशमा अहिले ३७० कीट मात्रै उपलब्ध रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
७२ जिल्लामा फैलियो डेङ्गी

७२ जिल्लामा फैलियो डेङ्गी

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण...
आँखा उपचार नपुगेका ठाउमा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योती सँगबीच सम्झौता

आँखा उपचार नपुगेका ठाउमा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योती सँगबीच सम्झौता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा...

भर्खरै