नेभिगेशन
सबै कुरा

पेस्तोलसहित नेपाल छिरेका चार भारतीय पक्राउ

 कञ्चनपुर । पेस्तोल लिएर नेपाल छिरेका चार भारतीय कञ्चनपुरमा पक्राउ परेका छन् । कञ्चनपुर प्रहरीका अनुसार भारतको उधमसिंह नगर जिल्ला खटिमाका ३४ वर्षीय जीवन सिंह जिमेवाल, ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिँह अधिकारी र २८ वर्षीय सञ्जय जेठीले पेस्तोल बोकेर नेपाल छिरेका थिए । 

हतियारसहित छिरेको सूचनापछि उनीहरुलाई बुधबार राति १० बजे भीमदत्त नगरपालिका ६ ऐठपुरमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरु भारतीय नम्बर प्लेट यूके ०६ एआर ०८४६ नम्बरको कारमा पेस्तोलसहित महेन्द्रनगरबाट गड्डाचौकीतर्फ गइरहेको थिए ।

Dish Home
Global Ime Bank

कञ्चनपुर प्रहरीका अनुसार चालक सिटको पछाडीकाे खल्तीमा एक थना पेस्तोल भेटिएको थियो । अहिले उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् १७ अर्ब ८६ करोड ७० लाख अवैध कारोबार गर्ने २१ जना 

यी हुन् १७ अर्ब ८६ करोड ७० लाख अवैध कारोबार गर्ने २१ जना 

उनीहरूले रु १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ बराबरको अवैध कारोबार गरेका अनुसन्धानका क्रममा खुलेको ब्यूरोका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए । 
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।
राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति पोखरेललाई बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन

राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति पोखरेललाई बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन

पोखरा अन्तर्राष्ट्रिय विमालस्थल निर्माण प्रक्रियामा भएको भष्ट्राचार सम्बन्धी सार्वजनिक लेखा समितिको उपसमितिले तयार गरेको प्रतिवेदन समितिका सभापति ऋषिकेश पोखरेललाई हस्तान्तरण गरिएको छ । संसद्को सार्वजनिक लेखा समितिले पोखरा...
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर

आयोगले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नविन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह विरुद्ध २१ करोड ८९ लाख ३९ हजार...