नेभिगेशन
सबै कुरा

रुपन्देहीमा आज रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुँदै

रुपन्देही । बुटवलको सुप्रिम सहकारी प्रकरणमा बयानका लागि आफै जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज थुनछेक बहस हुँदैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बयान सकिएका लामिछानेलाई मुद्दाको पुर्वपक्षका लागि धरौटीमा राख्ने, साधारण तारिखमा राख्ने वा कारागार पठाउने भन्ने विषयमा आज बहस हुने छ । 

Ncell
Extreme Energy

यस अघि काठमाडौँ जिल्ला अदालतमा आफै उपस्थित भएर बयान दिएका लामिछानेलाई बहसका लागि न्यायिक हिरासतमा राखिएको थियो । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीले मिसिल अध्ययनसँगै बयान लिएपछि उनलाई श्रीमती निकिता पौडेल र उनका अधिवक्ता डा नारायणदत्त कडेलको जिम्मामा छाड्न आदेश दिएका हुन् । 

आज लामिछाने बिहान १० बजेनै अदालत पुग्दै छन् । रास्वपाका कार्यवहाक प्रवक्ता प्रतिभा रावलका अनुसार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त,रमण श्रेष्ठ,सुरेन्द्र थापा सहित अधिवक्ता डा.नारायणदत्त कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेत,पशुपति भण्डारीसहितले बहस गर्ने छन् । 

यस्तै  सरकारी वकिलका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सह–न्यायाधिवक्ता सोमकान्ता भण्डारी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, न्यायाधिवक्ता उमाकुमारी केसी, गोकर्णराज घिमिरे, वसन्तराज पोखरेल लगायतले बहस गर्ने छन् । 

प्रहरीले सुप्रिम सहकारी प्रकरणमा रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख २ गते २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । फेरी असोज ५ गते रवि लामिछानेसहित १४ जनाविरुद्ध पूरक जाहेरी लिएर इलाका प्रहरी कार्यालयले मुद्दा चलाएको हो । 

यहि सहकारी प्रकरणमा सहकारीको रकम हिनामिनामा मुख्य निर्णयकर्ता समेत रहेका व्यक्तीहरु यसअघिनै धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीले गत वैशाखमा जिबी गु्रुपका आइटी÷सफ्टवेयर हेर्ने भविश्वर अर्याललाई १८ लाख ८० हजार, सहकारीको भैरहवा शाखाका व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई १८ लाख, नवीन अछामीलाई १० लाख, दीपक न्यौपानेलाई चार लाख ४५ हजार, नीता थापालाई दुई लाख र रोशनी गुरुङसँग दुई लाख रुपैयाँ धरौटी माग गरेको थियो । त्यस्तै, आशिष रानाभाट ५० हजार र मनोहर मोहम्मद ३४ हजार धरौटीमा रिहा भएका थिए । सहकारीका सचिव रहेका दीपेश पुनलाई समेत चार लाख धरौटी माग गरिएको थियो । 

सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र सचिव कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट...
जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । मुलुकको इतिहास सबै  लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...