नेभिगेशन
समाज

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो । इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजिप्टको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार कायरो–असियुत पश्चिमी मरुभूमि राजमार्गमा निजी कम्पनीको बस र ट्रक ठोक्किँदा दुर्घटना भएको हो।

Ncell
Extreme Energy

दुर्घटनापछि उद्धार तथा राहत कार्यका लागि घटनास्थलमा २८ वटा एम्बुलेन्स परिचालन गरिएको मन्त्रालयले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि नजिकैको गिजा प्रान्तका अस्पतालमा लगिएको छ।

स्वास्थ्य मन्त्री खालिद अब्देल गफारले घाइतेलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउन नजिकका अस्पताललाई निर्देशन दिएका छन्।

मन्त्रालयका अनुसार मृतक र घाइतेको सङ्ख्या प्रारम्भिक हो। उद्धार कार्य जारी रहेकाले हताहतीको सङ्ख्या बढ्न सक्ने सम्भावना छ। दुर्घटनाबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम पनि भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै गाउँघरमा चाडपर्वको रौनक छाएको छ।
सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्।
७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन।
मिस्त्रीखोलाले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु, ३ वर्षीया बेपत्ता

मिस्त्रीखोलाले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु, ३ वर्षीया बेपत्ता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मिस्त्रीखोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने अर्की बालिका बेपत्ता भएकी छन्।