नेभिगेशन
समाज

मिस्त्रीखोलाले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु, ३ वर्षीया बेपत्ता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मिस्त्रीखोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने अर्की बालिका बेपत्ता भएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेका अनुसार खोलाले बगाउँदा स्थानीय ६ वर्षीया अनिशा बुढामगरको मृत्यु भएको हो। तीन वर्षीया कृष्टिका बुढामगर भने बेपत्ता छिन्।

Ncell
Extreme Energy

“दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका बालिकाहरूलाई मिस्त्रीखोलाले बगाएको हो,” गोतामेले भने, “अनिशाको शव भेटिएको छ भने कृष्टिकाको खोजी जारी छ।”

मृतक र बेपत्ता बालिका दुई बहिनीका छोरी हुन्।

घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहभागितामा बेपत्ता बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, नारच्याङका स्थानीयवासी तमबहादुर चोचाङ्गी पुनले मिस्त्रीखोला जलविद्युत् आयोजनाको लापरबाहीका कारण घटना भएको आरोप लगाएका छन्। उनका अनुसार बिहान सुकेको खोलामा आयोजनाले पूर्वसूचनाबिना बाँधबाट एक्कासि पानी छोड्दा बालिकाहरू बगेका हुन्।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गोतामेले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै गाउँघरमा चाडपर्वको रौनक छाएको छ।
इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्।
७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन।