नेभिगेशन
समाज

सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ह्वाइट हाउस बाहिर सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्ससहित युरोपका विभिन्न देशमा देखिएको अशान्तिको कारण आप्रवासन भएको दाबी गरेका हुन्। उनले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई सीमा नियन्त्रण गर्न आफूले वर्षौंअघि नै सुझाव दिएको बताए।

Ncell
Extreme Energy

‘फ्रान्समा जे भइरहेको छ, त्यो निकै दुःखद छ। यसको कारण आप्रवासन हो, विद्यालय वा अरू कुनै विषय होइन,’ ट्रम्पले भने।

फ्रान्सको सांस्कृतिक सम्पदा र सम्पत्तिप्रति सम्मान नराख्ने मानिसलाई प्रवेश दिँदा समस्या बढेको उनको दाबी छ। पेरिसको जनसाङ्ख्यिक संरचनामा परिवर्तन आउन सक्ने उल्लेख गर्दै उनले म्याक्रोनलाई सीमा नीतिबारे पटकपटक सचेत गराएको बताए।

युरोपको भविष्यबारे सोधिएको प्रश्नमा ट्रम्पले सीमा नियन्त्रण र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको निष्कासनलाई प्राथमिकता दिनुपर्ने बताए।

‘युरोपले आफ्ना सीमा बन्द गरेन र अपराधीहरूलाई निष्कासन गरेन भने युरोप समाप्त हुनेछ,’ उनले भने।

ट्रम्पले फ्रान्स र इटालीसहित विभिन्न युरोपेली देशमा देखिएका अशान्तिलाई पनि आप्रवासनसँग जोड्दै सीमा बन्द गर्न र आफूले अपराधी ठानेका व्यक्तिहरूलाई निष्कासन गर्न आग्रह गरेका छन्।

बोर्दोमा लुटपाटपछि रातिको प्रतिबन्ध

ट्रम्पको टिप्पणी फ्रान्सका विभिन्न सहरमा प्रदर्शनका क्रममा हिंसा, तोडफोड र लुटपाट भएका बेला आएको हो। फ्रान्सेली अधिकारीहरूका अनुसार अक्टोबर १७ मा बोर्दो सहरको केन्द्रमा भएको प्रदर्शनका क्रममा पसलहरूमा तोडफोड र लुटपाट भएको थियो। घटनापछि स्थानीय प्रशासनले अभिभावक वा कानुनी प्रतिनिधिबिना रहेका नाबालिगलाई राति १० बजेदेखि बिहान ७ बजेसम्म बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध अक्टोबर २६ को बिहानसम्म लागू हुने जनाइएको छ। 

फ्रान्समा भएका प्रदर्शनको पृष्ठभूमिमा विद्यालयको अवस्था, जीवनयापनको बढ्दो खर्च र सार्वजनिक सेवासम्बन्धी असन्तुष्टिजस्ता विषय पनि रहेका छन्। प्रदर्शनका क्रममा भएका हिंसा र लुटपाटलाई लिएर फ्रान्सेली अधिकारीहरूले सुरक्षा व्यवस्था कडा पारेका छन्। 

ट्रम्पले भने फ्रान्समा देखिएको अशान्तिको मुख्य कारण आप्रवासन भएको दाबी गर्दै सीमा नीति परिवर्तन गर्नुपर्ने आफ्नो धारणा दोहोर्‍याएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै गाउँघरमा चाडपर्वको रौनक छाएको छ।
इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन।
मिस्त्रीखोलाले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु, ३ वर्षीया बेपत्ता

मिस्त्रीखोलाले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु, ३ वर्षीया बेपत्ता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मिस्त्रीखोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने अर्की बालिका बेपत्ता भएकी छन्।