नेभिगेशन
समाज

दसैँमा खानपान र निद्रामा लापरबाही गर्दा हृदयघात र स्ट्रोकको जोखिम

चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा दैनिक १५० बिरामी, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन चिकित्सकको सुझाव

चितवन । दसैँमा खानपान र दैनिक दिनचर्यामा सावधानी नअपनाउँदा हृदयघात, पक्षघात (स्ट्रोक) लगायतका स्वास्थ्य समस्या बढ्ने जोखिम रहेको चिकित्सकले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवन मेडिकल कलेज (सिएमसी) का कलेजो विभागका प्राध्यापक डा. दयाराम लम्सालका अनुसार चाडपर्वका बेला खानपानमा लापरबाही, मादक पदार्थको अत्यधिक सेवन, अनिद्रा र दीर्घरोगीले नियमित औषधि नखाँदा धेरै मानिस उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।

Ncell
Extreme Energy

दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिइरहेको सिएमसीको आकस्मिक कक्षबाट दैनिक करिब १५० जनाले सेवा लिइरहेका छन्। अस्पतालका अनुसार उपचारका लागि आउनेमा सवारी दुर्घटनामा परेका, हृदयघात र स्ट्रोक भएका तथा खानपानसम्बन्धी समस्या देखिएका बिरामी उल्लेख्य छन्।

करिब तीन दशकको आकस्मिक उपचार अनुभव सुनाउँदै डा. लम्सालले चाडपर्वमा मादक पदार्थको अत्यधिक सेवनका कारण सवारी दुर्घटना र झैझगडामा घाइते हुनेहरू पनि आउने गरेको बताए।

उनले ट्राफिक प्रहरीलाई छल्न नभई आफ्नै सुरक्षाका लागि मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र सामान्य विवादलाई झैझगडामा परिणत हुन नदिन आग्रह गरे।

दीर्घरोगीले औषधि छुटाउन नहुने

चाडपर्वमा खानपान र रमाइलोमा व्यस्त हुँदा दीर्घरोगीले नियमित औषधि छुटाउने गरेको डा. लम्सालले बताए। चिल्लो पदार्थ र मासुजन्य खाना, धूमपान तथा मादक पदार्थको अत्यधिक सेवन र पर्याप्त निद्रा नपुग्दा हृदयघात तथा स्ट्रोकको जोखिम बढ्न सक्ने उनले बताए।

चाडपर्वका बेला पकाउँदा जलेर, जङ्गली च्याउ खाएर, घरको छतबाट लडेर, करेन्ट लागेर तथा खाना खाँदा हड्डी अड्किएर पनि बिरामी अस्पताल आउने गरेको उनको भनाइ छ।

हृदयघात र स्ट्रोकमा समयमै उपचार आवश्यक

हृदयघात र स्ट्रोक भएका बिरामीलाई सकेसम्म छिटो अस्पताल पुर्‍याउनुपर्ने डा. लम्सालले बताए। उनका अनुसार हृदयघात भएको एक घण्टाभित्र र स्ट्रोक भएको तीन घण्टाभित्र अस्पताल पुर्‍याउन सके उपचारबाट बच्ने सम्भावना बढी हुन्छ।

चाडपर्वमा पनि बिरामीले समयमै विशेषज्ञ उपचार पाऊन् भनेर अस्पतालले मुटु, न्युरो र रेडियोलोजीसम्बन्धी टोली तयारी अवस्थामा राखेको जनाएको छ।

आकस्मिक उपचारमा डीएम गरेका डा. रविन बमले स्ट्रोकका लक्षण देखिए अस्पताल जान ढिलाइ गर्न नहुने बताए।

“शरीरको कुनै भाग चलेन, जिब्रो लाटो भयो, मुख बाङ्गो भयो, हातखुट्टा चलेन भने जतिसक्दो छिटो अस्पताल आउनुपर्छ,” उनले भने, “आज चाडपर्व छ, भोलि अस्पताल जाउँला भनेर बस्नु हुँदैन।”

धेरै खाएको भन्दै कडा व्यायाम नगर्न सुझाव

डा. बमले धेरै चिल्लो वा मासुजन्य खाना खाएको भन्दै त्यसको असर कम गर्न एकैपटक कडा व्यायाम नगर्न पनि सुझाव दिए। शरीरले धान्न सक्ने मात्र व्यायाम गर्नुपर्ने उनको भनाइ छ।

छाती दुख्ने, छाती भारी हुने वा श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिए तत्काल अस्पताल जान उनले आग्रह गरे। चाडपर्वमा यस्ता लक्षणलाई सामान्य ठानेर बेवास्ता गर्दा ज्यान जोखिममा पर्न सक्ने चिकित्सकको चेतावनी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्।
७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन।
मिस्त्रीखोलाले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु, ३ वर्षीया बेपत्ता

मिस्त्रीखोलाले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु, ३ वर्षीया बेपत्ता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मिस्त्रीखोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने अर्की बालिका बेपत्ता भएकी छन्।