नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई आज पनि परिवारको जिम्मा लगाउन अदालतको आदेश


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज परिवारको जिम्मा लगाउन अदालतले आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारी प्रकरणको थुनछेक बहसका क्रममा लामिछानेलाई दोस्रो दिन पनि परिवार र कानुन व्यवसायीको जिम्मा लगाउन जिल्ला अदालत रुपन्देहीले आदेश दिएको हो । 

Ncell
Extreme Energy

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई भोली अदालतमा उपस्थित हुने शर्तमा श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश दिएको हो । 

बुधबार बयान दिएका लामिछाने बिहिबार थुनछेक बहसका लागि कार्यालय खुल्नासाथ अदालत उपस्थित भएका थिए । न्यायाधीश योगीको इजलासमा आज सरकारी वकिलले बहस गरेका छन् । त्यस्तै प्रतिवादीका तर्फबाट केही कानुन व्यवसायीले बहस गरेका थिए । जाहेरवाला र प्रतिवादीका तर्फबाट बाँकी कानुन व्यवसायीले  शुक्रबार बहस गर्ने भएकाले न्यायाधीशले लामिछानेलाई परिवार र न्यायाधीशको जिम्मा लगाएको हो ।

यस अघि काठमाडौँ जिल्ला अदालतमा आफै उपस्थित भएर बयान दिएका लामिछानेलाई बहसका लागि न्यायिक हिरासतमा राखिएको थियो । तर रुपन्देही जिल्ला अदालतले भने लामिछानेलाई बुधबार पनि परिवारको जिम्मा लगाउने आदेश दिएको थियो । 

प्रहरीले सुप्रिम सहकारी प्रकरणमा रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख २ गते २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । फेरी असोज ५ गते रवि लामिछानेसहित १४ जनाविरुद्ध पूरक जाहेरी लिएर इलाका प्रहरी कार्यालयले मुद्दा चलाएको हो । 

यहि सहकारी प्रकरणमा सहकारीको रकम हिनामिनामा मुख्य निर्णयकर्ता समेत रहेका व्यक्तीहरु यसअघिनै धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीले गत वैशाखमा जिबी गु्रुपका आइटी/सफ्टवेयर हेर्ने भविश्वर अर्याललाई १८ लाख ८० हजार, सहकारीको भैरहवा शाखाका व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई १८ लाख, नवीन अछामीलाई १० लाख, दीपक न्यौपानेलाई चार लाख ४५ हजार, नीता थापालाई दुई लाख र रोशनी गुरुङसँग दुई लाख रुपैयाँ धरौटी माग गरेको थियो । त्यस्तै, आशिष रानाभाट ५० हजार र मनोहर मोहम्मद ३४ हजार धरौटीमा रिहा भएका थिए । सहकारीका सचिव रहेका दीपेश पुनलाई समेत चार लाख धरौटी माग गरिएको थियो । 

सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र सचिव कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर फेवातालाको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले...
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार

समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार

सरकारको आर्थिक वर्ष २०८३/०८४ को बजेटमा समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने गरी कार्यक्रम अघि सारिएको हो ।
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

एक सयभन्दा बढी घरधुरी रहेको उक्त बस्तीमा तीन घरमा मात्र शौचालय रहेको छ । बाँकी परिवारले वर्षौंदेखि खेतबारी, बाँसघारी र खोल्साका किनारामा दिसापिसाब गर्दै आएका छन् ।
रास्वपा प्रथम महाधिवेशन :  बन्दसत्रको तयारी

रास्वपा प्रथम महाधिवेशन :  बन्दसत्रको तयारी

पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । उनले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य...