नेभिगेशन
सबै कुरा

रविको धरौटी बुझाउन लालपुर्जा लिएर अदालत बाहिर चितवनका जनता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । साहारा सहकारी प्रकरणमा थुनछेक बहस पछि अदालतले यस्तो आदेश गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतको आदेश पछि रवि लामिछाने धरौटी बुझाउने प्रक्रियामा जुटेका छन् ।  तर, अदालत बाहिर भने चितवनका सर्वसाधारणहरू रविको धरौटी तिर्न पाउँ भन्दै आफ्नो लालपुर्जा बोकेर भेला भएका छन् । 

Ncell
Extreme Energy


अदालतले रविलाई धेरै धरौटी माग्न सक्ने र सोका लागि आफ्नो लालपुर्जा दिने भन्दै सर्वसाधारणहरू स्वतःस्फूर्त रुपमा सक्कल जग्गाधनी पुर्जा लिएर भेला भएका हुन् । 

उनीहरूले ‘रवि दाइ हाई हाई’ हाम्रो रवि प्राण भन्दा प्यारो छ’ भन्दै समर्थनमा नारासमेत लगाएका छन् । अदालतले धरौटीको आदेश गरिसकेका कारण उनीहरूको लालपुर्जा धरौटीमा काम लाग्छ या लाग्दैन त्यो भने खुलिसकेको छैन् । अदालतको आदेश भने सार्वजनिक भइसकेको छैन् । 

चितवन रविको आफ्नै निर्वाचन क्षेत्र  पनि हो । प्रतिनिधिसभा निर्वाचनमा दुई दुई पटकसम्म रविले सर्वाधिक  लोकप्रिय मतसहित चितवन दुईबाट निर्वाचित भएका थिए ।    

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।
एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : कर्णाली याक्सका अध्यक्ष

एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : कर्णाली याक्सका अध्यक्ष

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल प्रिमियर लिग (एनपीएल)लाई औपचारिक मान्यता दिएको निर्णयलाई कर्णाली याक्सले स्वागत गरेको छ। क्लबले यसलाई नेपाली क्रिकेटको विकासका लागि ऐतिहासिक उपलब्धि भनेको छ।