नेभिगेशन
सबै कुरा

रविको धरौटी बुझाउन लालपुर्जा लिएर अदालत बाहिर चितवनका जनता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । साहारा सहकारी प्रकरणमा थुनछेक बहस पछि अदालतले यस्तो आदेश गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतको आदेश पछि रवि लामिछाने धरौटी बुझाउने प्रक्रियामा जुटेका छन् ।  तर, अदालत बाहिर भने चितवनका सर्वसाधारणहरू रविको धरौटी तिर्न पाउँ भन्दै आफ्नो लालपुर्जा बोकेर भेला भएका छन् । 

Ncell
Extreme Energy


अदालतले रविलाई धेरै धरौटी माग्न सक्ने र सोका लागि आफ्नो लालपुर्जा दिने भन्दै सर्वसाधारणहरू स्वतःस्फूर्त रुपमा सक्कल जग्गाधनी पुर्जा लिएर भेला भएका हुन् । 

उनीहरूले ‘रवि दाइ हाई हाई’ हाम्रो रवि प्राण भन्दा प्यारो छ’ भन्दै समर्थनमा नारासमेत लगाएका छन् । अदालतले धरौटीको आदेश गरिसकेका कारण उनीहरूको लालपुर्जा धरौटीमा काम लाग्छ या लाग्दैन त्यो भने खुलिसकेको छैन् । अदालतको आदेश भने सार्वजनिक भइसकेको छैन् । 

चितवन रविको आफ्नै निर्वाचन क्षेत्र  पनि हो । प्रतिनिधिसभा निर्वाचनमा दुई दुई पटकसम्म रविले सर्वाधिक  लोकप्रिय मतसहित चितवन दुईबाट निर्वाचित भएका थिए ।    

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।