नेभिगेशन
सबै कुरा

६०४ किलो लागु औषध गाँजा र ट्रक चालक महोत्तरी प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय महोत्तरीले ६ सय चार किलो लागू औषध गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोस्ट जमुनियाको संयुक्त टोलीले ट्रकमा लुकाई उक्त परिमाणको लागू औषध बर्दिबास देखी जलेश्वर तर्फ आउदै गरेको क्रममा बरामद गरेको  हो  ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार प्रदेश २-०४-००१ ख ००२१ नम्बरको ट्रकको हुडमा बाँधि कालो प्लाष्टिकले छोपिएको ४० पोका गाँजा भंगहा नगरपालिका ६ मजरा बाट ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिईएको जनाएको छ ।

लागू औषध गाँजा र उदयपुर जिल्ला कटारी नगरपालिका-१ घर भएका २३ वर्षिय ट्रक चालक गणेशबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिई आवश्यक छानवीन अघि बढाएको प्रहरी निरिक्षक नन्दकिशोर प्रसाद चौहानले जानकारी दिएका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...

भर्खरै