नेभिगेशन
सबै कुरा

कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

कैलाली । कैलालीमा कक्षा ४ मा पढ्ने  १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय किशोरलाई पक्राउ गरेको जनाएको छ ।

 प्रहरीका अनुसार किशोरीलाई शनिबार बेलुकी पसलमा बोलाएर  विक र अर्का किशोरले ललाइफकाइ कोठामा लगेर जबरजस्ती करणी गरेका आरोप छ । आफूलाई जबर्जस्ती करणी गरिएको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

 जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराका आइतबार नै दुवै आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको छ। 

यस्तै धनगढीमै अर्की १४ वर्षीया किशोरीमाथि पनि बलात्कार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी किशोरीलाई चक्कु देखाएर १८ वर्षीय किशोरले बलात्कार गरेको उजुरी परेको छ।  आरोपित भने अहिलेसम्म पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...
स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौँको बौद्धबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

शाहका अनुसार, उनी फिल्डबाट फर्किंदा कार्यकक्षमा बसेका तीन व्यक्तिले करार सेवाबाट कर्मचारी हटाएको विषयमा विवाद गर्दै आक्रमण गरेका थिए। ढाड र अनुहारमा मुक्का प्रहार भएको र नाकबाट रगतसमेत...

भर्खरै