नेभिगेशन
सबै कुरा

२ करोड बढिको अफिम सहित २ कारोबारी पक्राउ

बारा । बाराको ईलाका प्रहरी कार्यालय सिमराले मंगलबार  १३ केजी अफिम सहित दुइजनालाई पक्राउ गरेको छ । स्कुटरमा अफिम राखेर  वीरगञ्ज तर्फ गईरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब नीरिक्षक दिपक बस्नेतको कमाण्डमा रहेको मोवाइल टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका ८ का भिमबहादुर मोक्तान र मनहरी गाउँपालिका ६ का सुर्यबहादुर मोक्तान रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १ लाख ३३ हजार नगद समेत बरामद गरेको र यति ठूलो राशी र मात्राको अफिम मधेस प्रदेशमै पहिलो पटक बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामाले जानकारी दिईन् । 

Ncell
Extreme Energy

मधेश प्रदेश ०३–००१प–१६१४ नम्बरको स्कुटरमा वीरगञ्ज तर्फ गइरहेका उनीहरुका विषयमा प्रहरीले पहिल्यै सूचना पाएको थियो त्यसपछी  इलाका प्रहरी कार्यालय सिमरा सहित जीतपुर र पथलैयाको प्रहरी टोलीले उनीहरुलाई घेरा हालेर बसेको थियो । प्रहरीलाई देखेपछि स्कुटर छाडेर भागीसकेका उनीहरुलाई सिमराको मोबाइल गस्ती टोलीका प्रमुख प्रहरी नायब निरिक्षक दिपक बस्नेतको टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

बरामद भएको अफिमको मूल्य दुई करोड भन्दा बढि रहेको छ । भारत तर्फ लैजान लागिएको अफिम सहित पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय सिमराले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागुऔषधसहित २० जना पक्राउ

लागुऔषधसहित २० जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिरहाबाट चार, झापाबाट तीन, जुम्ला, रुपन्देही, मोरङ, सुनसरी र दाङबाट दुई/दुई तथा कपिलवस्तु, तनहुँ र काठमाडौँबाट एक/एक जना पक्राउ परेका हुन् ।
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका–८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका–१ घर भएका ३५ वर्षीय माधव अर्याल छन् ।
‘अपराध महाशाखाको एसपी हुँ’ भन्दै सर्वसाधारणलाई धम्की दिने राजकुमार आलेमगर पक्राउ

‘अपराध महाशाखाको एसपी हुँ’ भन्दै सर्वसाधारणलाई धम्की दिने राजकुमार आलेमगर पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं  प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आलेमगरले आफू ‘अपराध महाशाखाबाट एसपी दिलीप घिमिरे’ भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने, अनावश्यक दबाब दिने तथा दुःख हैरानी...
बाल मन्दिर जग्गा प्रकरणमा तीन जना पक्राउ

बाल मन्दिर जग्गा प्रकरणमा तीन जना पक्राउ

सिआइबीका प्रवक्ता एसएसपी  अनुपम शमशेर जबराले बालमन्दिरको जग्गा अनाधिकृतरुपमा भाडा लगाइएको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी दिए ।