नेभिगेशन
सबै कुरा

२ करोड बढिको अफिम सहित २ कारोबारी पक्राउ

बारा । बाराको ईलाका प्रहरी कार्यालय सिमराले मंगलबार  १३ केजी अफिम सहित दुइजनालाई पक्राउ गरेको छ । स्कुटरमा अफिम राखेर  वीरगञ्ज तर्फ गईरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब नीरिक्षक दिपक बस्नेतको कमाण्डमा रहेको मोवाइल टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका ८ का भिमबहादुर मोक्तान र मनहरी गाउँपालिका ६ का सुर्यबहादुर मोक्तान रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १ लाख ३३ हजार नगद समेत बरामद गरेको र यति ठूलो राशी र मात्राको अफिम मधेस प्रदेशमै पहिलो पटक बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामाले जानकारी दिईन् । 

CG

मधेश प्रदेश ०३–००१प–१६१४ नम्बरको स्कुटरमा वीरगञ्ज तर्फ गइरहेका उनीहरुका विषयमा प्रहरीले पहिल्यै सूचना पाएको थियो त्यसपछी  इलाका प्रहरी कार्यालय सिमरा सहित जीतपुर र पथलैयाको प्रहरी टोलीले उनीहरुलाई घेरा हालेर बसेको थियो । प्रहरीलाई देखेपछि स्कुटर छाडेर भागीसकेका उनीहरुलाई सिमराको मोबाइल गस्ती टोलीका प्रमुख प्रहरी नायब निरिक्षक दिपक बस्नेतको टोलीले सूर्य नेपाल अगाडीबाट पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

बरामद भएको अफिमको मूल्य दुई करोड भन्दा बढि रहेको छ । भारत तर्फ लैजान लागिएको अफिम सहित पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय सिमराले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

प्रहरीले केही दिनअघि गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित छ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ...
युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ...
छुरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमानद्वारा आत्महत्याको प्रयास

छुरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमानद्वारा आत्महत्याको प्रयास

आइतबार बिहान करिब ८ बजेको समयमा बेलका नगरपालिका–३ किरात चोक बस्ने ३० वर्षका खगेन्द्र राई र उनकी २७ वर्षीया श्रीमती भावना भनिने गंगा राईबीच आपसी विवाद हुँदा श्रीमानले...
सन् २०२५ मा १२८ पत्रकारको हत्या

सन् २०२५ मा १२८ पत्रकारको हत्या

तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड...