नेभिगेशन
सबै कुरा

बाराको सुधार गृहमा कुटपिटबाट एक युवकको ‘हत्या’, ७ जना पक्राउ

काठमाडौँ । बाराको एक सुधार गृहमा मृत भेटिएका युवकको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । जिल्लाको कलैया उपमहानगरपालिका–१ मा रहेको नवजन्म सुधार केन्द्र बिहिबार मृत फेला परेका प्रदीपप्रसाद मण्डलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो ।

१९ दिन अघि सुधार केन्द्रमा भर्ना भएका कलैया–९ रामपुरका ३२ वर्षीय मण्डलको गएराति मृत्यु भएको थियो । प्रहरीले उनको शव पोस्टमार्टमका लागि शुक्रबार प्रादेशिक अस्पताल कलैया लगेको छ । 

मण्डलको मृत्यु शंकास्पद देखिएको भन्दै सुधार केन्द्रका सञ्चालकसहित सातजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले बताए । उनका अनुसार पक्राउ पर्नेमा सर्फराज मन्सुर, निरज सरार्फ, महमद आशु मियाँ शेख, अरुण शरार्फ, प्रमेश्वर साह, तमन्ना अली र सागर गुप्ता रहेका छन् । 

प्रहरीले गरेको अनुसन्धान र संकलन गरेको सिसिटिभी फुटेजमा सो सुधार केन्द्रमा ती युवकहरुले मण्डलमाथि निर्घाट कुटपिट गरेको देखिन्छ । सो कुटपिटमा संलग्न अन्य २ जना फरार रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै घटनामाथि थप छानबिन भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...

भर्खरै