नेभिगेशन
सबै कुरा

बाराको सुधार गृहमा कुटपिटबाट एक युवकको ‘हत्या’, ७ जना पक्राउ

काठमाडौँ । बाराको एक सुधार गृहमा मृत भेटिएका युवकको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । जिल्लाको कलैया उपमहानगरपालिका–१ मा रहेको नवजन्म सुधार केन्द्र बिहिबार मृत फेला परेका प्रदीपप्रसाद मण्डलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१९ दिन अघि सुधार केन्द्रमा भर्ना भएका कलैया–९ रामपुरका ३२ वर्षीय मण्डलको गएराति मृत्यु भएको थियो । प्रहरीले उनको शव पोस्टमार्टमका लागि शुक्रबार प्रादेशिक अस्पताल कलैया लगेको छ । 

Ncell
Extreme Energy

मण्डलको मृत्यु शंकास्पद देखिएको भन्दै सुधार केन्द्रका सञ्चालकसहित सातजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले बताए । उनका अनुसार पक्राउ पर्नेमा सर्फराज मन्सुर, निरज सरार्फ, महमद आशु मियाँ शेख, अरुण शरार्फ, प्रमेश्वर साह, तमन्ना अली र सागर गुप्ता रहेका छन् । 

प्रहरीले गरेको अनुसन्धान र संकलन गरेको सिसिटिभी फुटेजमा सो सुधार केन्द्रमा ती युवकहरुले मण्डलमाथि निर्घाट कुटपिट गरेको देखिन्छ । सो कुटपिटमा संलग्न अन्य २ जना फरार रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै घटनामाथि थप छानबिन भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...

भर्खरै