नेभिगेशन
सबै कुरा

भोलिबाट सुरु हुने अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगितामा कस्तो छ नेपालको तयारी ?

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फाल्गुन ५ गते सोमबारदेखि अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुँदैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको दशरथ रंगशालामा हुने प्रतियोगीतामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबननको सहभागीता रहेको छ । प्रतियोगीता खेल्नका लागि सहभागी देशका टोलीहरु नेपाल आएसकेका छन् भने उनीहरु आन्तरिक प्रशिक्षणमा व्यस्त रहेका छन् । 

Ncell
Extreme Energy

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार घरेलु टोली नेपालले किर्गिस्तानको सामना गर्नेछ । प्रतियोगीताका लागि तयारी राम्रो रहेको सवै टोलीका प्रशिक्षक र कप्तानहरुले जनाएका छन् । प्रतियोगीताअघि आइतबार दशरथ रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले खेल खेल्न सवै खेलाडी स्वदेश फर्किसकेको जानकारी दिए । नेपाली टोलीको प्रशिक्षण राम्रो रहेको र नजिता आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गरे । यस्ता खेलहरु हरेक बर्ष हुन सके महिला फुटबल राम्रो हुने उनको भनाइ छ ।

त्यस्तै नेपाली महिला टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले प्रतियोगीता नेपालका लागि ठूलो अवसर भएको बताइन् । खेलका लागि तयारी राम्रो रहेको र मनोवल उच्च रहेको भन्दै उहाले राम्रो खेल देखाउने बताइन् । 

नेपालमा पहिलो पटक चार राष्ट्र सम्मीलित अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको एन्फाले जनाएको छ । प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलि शीर्ष दुई टोलीबचि फाइनल खेल हुने बताइएको छ । प्रतियोगीताको टिकट दर साधारणतर्फ रु ५ सय र भीआइपीतर्फ रु एक हजार तोकिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...

भर्खरै