नेभिगेशन
सबै कुरा

मधेसमा तस्करहरूको रजगज, गोदाममा भण्डारण गर्दै आएको २४ क्वीन्टल गाँजा बरामद

सप्तरी । नेपाल–भारत खुला सिमानाका कारण सप्तरी, पर्सा, बारा, रौतहटलगायतका जिल्लामा लागुऔषध तस्करी र भन्सार छलीका घटनाहरू बढ्दै गएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तस्करहरूले ठूला गोदाम प्रयोग गरी गाँजा, सुर्तीजन्य पदार्थ, भन्सार छलीका सामान भण्डारण गर्ने र रातको समयमा भारततर्फ ओसारपसार गर्ने गरेको पाइएको छ । जसअन्तर्गत सप्तरीको राजविराज नगरपालिका–९ मलेठस्थित गोदाममा प्रहरीले छापा मारेर ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ । 

Ncell
Extreme Energy

सुराकीका आधारमा संयुक्त प्रहरी टोलीले २४ क्वीन्टलभन्दा बढी अर्थात् २४ सय १९ किलोग्राम गाँजा बरामद गरेको सप्तरी प्रहरी प्रमुख डकेन्द्र खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार उक्त गोदामबाट भन्सार छली गरी ल्याइएको १४२ कार्टुन स्याउ समेत बरामद गरिएको छ । यत्रो ठुलो परिमाणमा गाजाँ बरामद हुदाँ भणडारणका बेला प्रहरीको समेत मिलोमतो हुन सक्ने स्थानीयको अशंका रहेको छ । 

प्रहरी प्रमुख खतिवडाका अनुसार ८ घण्टाभन्दा बढी समय लगाएर गोदामभित्र खोजीकार्य गरिएको बताए । ‘गोदामको कुनै भागमा कपडा, कुनै भागमा स्याउ, कुनै भागमा चामलको भुजा राखिएको थियो । ती सामानहरू हटाउँदै गाँजा तौल गर्न लामो समय लागेको हो’ खतिवडाले भने। उनका अनुसार सप्तरी प्रहरीले हालसम्मकै ठूलो अपरेसन सम्पन्न गरेको छ ।

प्रहरीका अनुसार बरामद गरिएको सबै सामान आवश्यक अनुसन्धान र कारबाहीका लागि सप्तरी प्रहरी कार्यालयमा राखिएको छ ।

हालसम्म गोदाम सञ्चालकबारे कुनै जानकारी प्राप्त नभएको र भोलि मालपोत तथा नापी कार्यालयबाट जग्गा धनीको विवरण खोजी गरिने सप्तरी प्रहरीले जनाएको छ । जग्गाधनीको विवरण आएपछि गोदाम सञ्चालक र गाँजा तस्करीबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

मन्त्रालयले मङ्गलबार प्रतिवेदन दुवै निकायमा पठाउँदै आवश्यक अध्ययन, थप छानबिन तथा कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो । नेपाल टेलिभिजनले सन् २००२ देखि २०२२...
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ

गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ

विश्वमा दुर्लभ, एकसिङ्गे गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा प्रहरीले खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको हो ।
नयाँ बसपार्कको गेस्ट हाउसमा युवतीको हत्या

नयाँ बसपार्कको गेस्ट हाउसमा युवतीको हत्या

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार आइतबार नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा २५ वर्षीया निशा सुनारको शव फेला परेको हो।
काठमाडौँको टेकुमा गोली चल्यो, लागुऔषध कारोबारी भारतीय सहित ३ जना पक्राउ

काठमाडौँको टेकुमा गोली चल्यो, लागुऔषध कारोबारी भारतीय सहित ३ जना पक्राउ

पक्राउ पर्नेमा भारतीय नागरिक राज सोनी रहेका छन् । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन पुगेको टोलीलाई आक्रमण प्रयास भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको जनाइएको छ ।