नेभिगेशन
सबै कुरा

मधेसमा तस्करहरूको रजगज, गोदाममा भण्डारण गर्दै आएको २४ क्वीन्टल गाँजा बरामद

सप्तरी । नेपाल–भारत खुला सिमानाका कारण सप्तरी, पर्सा, बारा, रौतहटलगायतका जिल्लामा लागुऔषध तस्करी र भन्सार छलीका घटनाहरू बढ्दै गएका छन् ।

तस्करहरूले ठूला गोदाम प्रयोग गरी गाँजा, सुर्तीजन्य पदार्थ, भन्सार छलीका सामान भण्डारण गर्ने र रातको समयमा भारततर्फ ओसारपसार गर्ने गरेको पाइएको छ । जसअन्तर्गत सप्तरीको राजविराज नगरपालिका–९ मलेठस्थित गोदाममा प्रहरीले छापा मारेर ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ । 

CG

सुराकीका आधारमा संयुक्त प्रहरी टोलीले २४ क्वीन्टलभन्दा बढी अर्थात् २४ सय १९ किलोग्राम गाँजा बरामद गरेको सप्तरी प्रहरी प्रमुख डकेन्द्र खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार उक्त गोदामबाट भन्सार छली गरी ल्याइएको १४२ कार्टुन स्याउ समेत बरामद गरिएको छ । यत्रो ठुलो परिमाणमा गाजाँ बरामद हुदाँ भणडारणका बेला प्रहरीको समेत मिलोमतो हुन सक्ने स्थानीयको अशंका रहेको छ । 

प्रहरी प्रमुख खतिवडाका अनुसार ८ घण्टाभन्दा बढी समय लगाएर गोदामभित्र खोजीकार्य गरिएको बताए । ‘गोदामको कुनै भागमा कपडा, कुनै भागमा स्याउ, कुनै भागमा चामलको भुजा राखिएको थियो । ती सामानहरू हटाउँदै गाँजा तौल गर्न लामो समय लागेको हो’ खतिवडाले भने। उनका अनुसार सप्तरी प्रहरीले हालसम्मकै ठूलो अपरेसन सम्पन्न गरेको छ ।

प्रहरीका अनुसार बरामद गरिएको सबै सामान आवश्यक अनुसन्धान र कारबाहीका लागि सप्तरी प्रहरी कार्यालयमा राखिएको छ ।

हालसम्म गोदाम सञ्चालकबारे कुनै जानकारी प्राप्त नभएको र भोलि मालपोत तथा नापी कार्यालयबाट जग्गा धनीको विवरण खोजी गरिने सप्तरी प्रहरीले जनाएको छ । जग्गाधनीको विवरण आएपछि गोदाम सञ्चालक र गाँजा तस्करीबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी...
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...
परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

पाल्हिनन्दन गाउपालिका वडा न ,६ कब्रस्थान  स्थित परालको कुन्युमा लुकाई राखेको अवस्थामा भेप बरामद गरिएको  हो । अबैध रुपमा नेपालबाट भारततर्फ लैजानको लागि लुकाईएको अवस्थामा बुधबार बिहान करिब...