नेभिगेशन
सबै कुरा

एनआरएनएसँग किन रुष्ट भइन् रामकुमारी झाँक्री, के सोधेका थिए प्रश्न ? (पूरा भिडियो)

नेकपा समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले गैर आवासीय नेपाली संघ (एनआरएनए)का नेताहरुलाई सार्वजनिक मञ्चबाट पढाएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौमा जारी एनआरएनको महाधिवेशनमा विभिन्न सेसनहरु मार्फत नेपाल र एनआरएनएसँग सम्बन्धी विषयहरुमा बहस भैरहेको छ। त्यसमध्ये बुधबार एनआरएनलाई दिएको नागरिकता सम्बन्ध विषयमा बहस भैरहेको थियो । 

Ncell
Extreme Energy

हलमा रामकुरमारी झाँक्री लगायतका नेताहरु आसिन थिए । 

अन्तरक्रियाकै क्रममा एनआरएनएका केहि नेताहरुले सरकारले राजनीतिक अधिकारबिनाको नागरिकता दिएर गैरआवसिय नेपालीको अपमान गरेको भन्दै आक्रोश पोखे । साथै उनिहरुले विदेशको अभ्याससमेत सम्झाएर मञ्च आसिन नेता तथा एनआरएनका पदाधिकारी माथिनै आरोप लगाएका थिए । 

नेताहरु माथि एनआरएनएका नेताहरुले कडा अभिव्यक्ति दिएपछी कार्यक्रमको अन्तिमतिर झाँक्रिले बोल्न खोजिन । उद्घोषकले उनलाई ड्यासमा बोलाए । 

ड्यासमा पुगेर झण्डै १० मिनेटसम्म एनआरएनका नेता र नागरिकताका विषयमा कडा प्रस्तुत भईन् । उनले बोल्न सुरु गरिन् ‘मलाई पनि तपाईँहरुलाई जसरी चिच्याउन त आउँछ तर तपाईँहरूको अतिथि भएकाले चिच्याउनचाहिँ मिल्दैन जस्तो लाग्यो ।’

‘गैरआवासीय नेपाली नागरिकताको सन्दर्भमा यो औँला हालेपछि डुडुल्लोसम्म छिराउने मामिला हो भन्ने हामीलाई पनि थाहा थियो’ उनले थपिन्, ‘त्यही कारण यो ठ्याक्क नागरिकता को कुरा भएपछि हुँदै छ।’ उनले आफूले एनआरएनएको अपमान गर्न नचाहेको तर विदेशी पासपोर्ट लिइसकेपछि देशको चिन्ता गर्न नपर्ने बताइन् । 

‘पहिला नेपाली विदेश जान केके हर्क गर्‍यौँ । त्यो देशको आईएलआर वा गीनकार्ड पाउन के के हर्कत गर्‍यौँ ?’, उनले प्रश्न गरिन् नेपालको नागरिकता र पासपोर्ट त्यागिसकेलाई जब तपाईँहरूले दुई पैसा कमाउनु होला, स्किल होला र देशमा फर्केर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि गणतन्त्रपछि यो संविधान ल्याएर यो व्यवस्था गर्‍यौँ । अनि तपाईँहरूले कुल आचार्यलाई फाँसीको कुरा गर्ने ? नलिन चाहनेले गैरआवासीय नेपाली नागरिकता नलिन सक्नुहुन्छ ।’

उनले नेपालमा आएर नागरिकताबारे ठुला कुरा गरेको नसुहाउने भन्दै आक्रोश पोखिन् ।  त्यसपछि दर्शक दीर्घाबाट झाँक्रीको विरोध सुरु भए पनि उनले यस्ता नाराले आफूलाई केही फरक नपर्ने भन्दै थप आक्रामक भइन् ।   


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।
कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् ।
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।