नेभिगेशन
सबै कुरा

२ अर्बकाे लागतमा चन्द्र ढकालले सुरु गरे 'नेपाल पल्प एन्ड पेपर'

काठमाडौँ । व्यवसायी चन्द्र ढकालको आइएमई समुहले झन्डै दुई अर्बको लगानीमा पेपर उत्पादन सुरु गरेको छ ।  पुस्तक छपाईमा प्रयोग हुने पेपरदेखि , फोटोकपी, ट्वाइलेट र टिस्यु पेपर समेत उत्पादन गर्ने गरि महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि आजबाट सञ्चालनमा आएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ढकालका अनुसार नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजले पुराना कागजलाई उपयोग गरेर सुरुवाती चरणमा दैनिक ७५ मेट्रिक टन कागज उत्पादन गर्नेछ । उद्योगबाट वार्षिक झण्डै ४० हजार मेट्रिक टन पेपर उत्पादन गर्ने लक्ष्य रहेको ढकालले बताए । 

Ncell
Extreme Energy

ढकालका अनुसार उद्योगले खर, पराल, काठ लगायतका कच्चा पर्दाथ पगालेर कागज बनाउने नभई घर अफिसमा प्रयोग गरेर नष्ट गर्न फालिएका पेपर गलाएर त्यहाँबाट पिन, प्लास्टिक, मसीलगायतका अनावश्यक वस्तु छुट्याएर पुनः नयाँ पेपर बनाएर फेरी बजारमा पठाउने छ । 

ढकालले भने,'अहिलेसम्म हाम्रा घरअफिसमा प्रयोग भइसकेका त्यस्ता कागज जलाउने,  खोलामा फाल्ने, फोहोरमा फाल्ने, मुसाले काट्नेआदि कारणबाट नष्ट भएका थिए  ती पुनः रिसाइकलिङ भएर नयाँ कागज बन्न पाएका थिएनन ।  अब यस उद्योगले तिनको सदुपयोग गरी नयाँ पेपर बनाउनेछ'।   उद्योगमा अहिले करिब ४ सय जनशक्ती परिचालन भएका छन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा भारतीय...
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...
यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...