नेभिगेशन
सबै कुरा

२ अर्बकाे लागतमा चन्द्र ढकालले सुरु गरे 'नेपाल पल्प एन्ड पेपर'

काठमाडौँ । व्यवसायी चन्द्र ढकालको आइएमई समुहले झन्डै दुई अर्बको लगानीमा पेपर उत्पादन सुरु गरेको छ ।  पुस्तक छपाईमा प्रयोग हुने पेपरदेखि , फोटोकपी, ट्वाइलेट र टिस्यु पेपर समेत उत्पादन गर्ने गरि महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि आजबाट सञ्चालनमा आएको हो । 

ढकालका अनुसार नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजले पुराना कागजलाई उपयोग गरेर सुरुवाती चरणमा दैनिक ७५ मेट्रिक टन कागज उत्पादन गर्नेछ । उद्योगबाट वार्षिक झण्डै ४० हजार मेट्रिक टन पेपर उत्पादन गर्ने लक्ष्य रहेको ढकालले बताए । 

CG

ढकालका अनुसार उद्योगले खर, पराल, काठ लगायतका कच्चा पर्दाथ पगालेर कागज बनाउने नभई घर अफिसमा प्रयोग गरेर नष्ट गर्न फालिएका पेपर गलाएर त्यहाँबाट पिन, प्लास्टिक, मसीलगायतका अनावश्यक वस्तु छुट्याएर पुनः नयाँ पेपर बनाएर फेरी बजारमा पठाउने छ । 

ढकालले भने,'अहिलेसम्म हाम्रा घरअफिसमा प्रयोग भइसकेका त्यस्ता कागज जलाउने,  खोलामा फाल्ने, फोहोरमा फाल्ने, मुसाले काट्नेआदि कारणबाट नष्ट भएका थिए  ती पुनः रिसाइकलिङ भएर नयाँ कागज बन्न पाएका थिएनन ।  अब यस उद्योगले तिनको सदुपयोग गरी नयाँ पेपर बनाउनेछ'।   उद्योगमा अहिले करिब ४ सय जनशक्ती परिचालन भएका छन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

जगदम्बा स्टील्सका अनुसार बोनस वितरणको विषयमा उद्योग र श्रमिकबीच विवाद उत्पन्न भएपछि प्रचलित कानूनबमोजिम समाधानका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सामा समेत सहजीकरणको अनुरोध गरिएको थियो। तर बोनस ऐन...
तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर तरुल खेती सुरु गर्दै आएका छन् । खेमराजले भने “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन,...
मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बजारीकरणबाट  रु १६ करोड ५३ लाख बढी आम्दानी...
ह्यात होटलको क्यासिनोमा छिरेर रकम चोरी गर्ने र आगजनी गर्ने दुई जना पक्राउ

ह्यात होटलको क्यासिनोमा छिरेर रकम चोरी गर्ने र आगजनी गर्ने दुई जना पक्राउ

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित ह्यात होटेलभित्र रहेको क्यासिनोमा छिरेर धारिलो हतियार देखाएर क्यासिनोको काउन्टरमा राखिएको नगद रकम चोरी गरी तोडफोड...