नेभिगेशन
सबै कुरा

नेपाल भारत सीमा क्षेत्रका बजारमा नक्कली खुकुरी चुरोट भेटियो, अन्तशुल्क स्टिकरसमेत फर्जी

काठमाडौँ । नेपाल भारत सीमा क्षेत्रका बजारमा नक्कली चुरोट फेला परेको छ । धनुषा र पर्सामा बिहीबार आन्तरिक राजश्व कार्यालय र जिल्ला प्रशासनले गरेको बजार अनुगमनमा यस्तो फेला परेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तस्करहरूले नेपाली चुरोट ‘खुकुरी ब्रान्ड’ को चुरोटसँग मिल्दो जुल्दो प्रकारको चुरोट बनाएर बजार बिक्री वितरण गरेको पाइएको हो । 

Ncell
Extreme Energy

पर्सा र धनुषाको बजारअनुसारको क्रममा ति चुरोटहरूमा अन्तशुल्क स्टिकर समेत नक्कली टाँस गरिएको भेटिएको छ ।

‘हामी अन्त शुल्क नक्कली रहेको चुरोट बजारमा आएको भन्ने गुनासो पछि अनुगमनमा गएका थियौँ,’ एक अनुगम अधिकृतले सिधाकुरासँग भने,‘ तर, यहाँ त खुकुरी ब्रान्डको नेपाली चुरोटको हुबहु नक्कली चुरोट बनाएर बजारमा बिक्री गरेको भेटियो ।’

ति अधिकारीकाअनुसार यसरी बिक्री गरेको चुरोट नेपाली उत्पादनको भन्दा प्रतिबट्टा ३८ रुपैयाँ सस्तो रहेको भेटिएको छ ।  साथै ति चुरोटको बट्टामा राखिएको अन्तशुल्क स्टिकर नै नक्कली भएको पनि ति अधिकारीले बताए ।

अनुगमन सुरु गरेपछि बजार क्षेत्रका स्थानीयहरु पसल बन्द गरेर भागेका कारण ति चुरोटहरू कसरी भित्रिएको अनुसन्धान गर्न कठिन भएको अनुगमनकारी अधिकारीहरूले बताएका छन् । 

अनुगमनका क्रममा फेला परेको चुरोट भारतको पटनामा रहेको गोल्ड स्टेट टोबागोले बनाएको पाइएको छ । अवैध चुरोटका कारण राजश्वमा पुग्ने क्षतिलाई मध्यनजर गर्दै अनुगमनलाई तीब्र बनाउने पर्सा र धनुषा प्रशासन तथा आन्तरिक राजश्व कार्यालयहरूले जनाएका छन् । 

नेपालमा खुकुरी ब्रान्डको चुरोट सूर्य नेपाल प्रालीले उत्पादन गरेर बिक्री वितरण गर्छ । आफ्नो सबै भन्दा धेरै बिक्री हुने चुरोटको नक्कली उत्पादन पर्सा पूर्वका तराईका सीमा क्षेत्रका बजारमा बिक्री भइरहेको जानकारीमा आएपछि उद्योग विभागमा उजुरी गरिएको सूर्य नेपालले जनाएको छ ।

कम्पनीले आफूहरूले गरेको राजश्वको योगदानलाई मध्यनजर गर्दै अवैध चुरोट नियन्त्रणका लागि चनाखो बन्न पनि सरकारलाई आग्रह गरेको बताएको छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।
गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

सिधाकुरामा असोज १४ गते बुधबार 'सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रष्ठिानको कार्यकारी निर्देशकमा सिफारिस शीर्षक'मा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार सामग्रीमा आफ्नो ध्यानाकर्षण...
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा भारतीय...