नेभिगेशन
सबै कुरा

नेपाल भारत सीमा क्षेत्रका बजारमा नक्कली खुकुरी चुरोट भेटियो, अन्तशुल्क स्टिकरसमेत फर्जी

काठमाडौँ । नेपाल भारत सीमा क्षेत्रका बजारमा नक्कली चुरोट फेला परेको छ । धनुषा र पर्सामा बिहीबार आन्तरिक राजश्व कार्यालय र जिल्ला प्रशासनले गरेको बजार अनुगमनमा यस्तो फेला परेको हो । 

तस्करहरूले नेपाली चुरोट ‘खुकुरी ब्रान्ड’ को चुरोटसँग मिल्दो जुल्दो प्रकारको चुरोट बनाएर बजार बिक्री वितरण गरेको पाइएको हो । 

पर्सा र धनुषाको बजारअनुसारको क्रममा ति चुरोटहरूमा अन्तशुल्क स्टिकर समेत नक्कली टाँस गरिएको भेटिएको छ ।

‘हामी अन्त शुल्क नक्कली रहेको चुरोट बजारमा आएको भन्ने गुनासो पछि अनुगमनमा गएका थियौँ,’ एक अनुगम अधिकृतले सिधाकुरासँग भने,‘ तर, यहाँ त खुकुरी ब्रान्डको नेपाली चुरोटको हुबहु नक्कली चुरोट बनाएर बजारमा बिक्री गरेको भेटियो ।’

ति अधिकारीकाअनुसार यसरी बिक्री गरेको चुरोट नेपाली उत्पादनको भन्दा प्रतिबट्टा ३८ रुपैयाँ सस्तो रहेको भेटिएको छ ।  साथै ति चुरोटको बट्टामा राखिएको अन्तशुल्क स्टिकर नै नक्कली भएको पनि ति अधिकारीले बताए ।

अनुगमन सुरु गरेपछि बजार क्षेत्रका स्थानीयहरु पसल बन्द गरेर भागेका कारण ति चुरोटहरू कसरी भित्रिएको अनुसन्धान गर्न कठिन भएको अनुगमनकारी अधिकारीहरूले बताएका छन् । 

अनुगमनका क्रममा फेला परेको चुरोट भारतको पटनामा रहेको गोल्ड स्टेट टोबागोले बनाएको पाइएको छ । अवैध चुरोटका कारण राजश्वमा पुग्ने क्षतिलाई मध्यनजर गर्दै अनुगमनलाई तीब्र बनाउने पर्सा र धनुषा प्रशासन तथा आन्तरिक राजश्व कार्यालयहरूले जनाएका छन् । 

नेपालमा खुकुरी ब्रान्डको चुरोट सूर्य नेपाल प्रालीले उत्पादन गरेर बिक्री वितरण गर्छ । आफ्नो सबै भन्दा धेरै बिक्री हुने चुरोटको नक्कली उत्पादन पर्सा पूर्वका तराईका सीमा क्षेत्रका बजारमा बिक्री भइरहेको जानकारीमा आएपछि उद्योग विभागमा उजुरी गरिएको सूर्य नेपालले जनाएको छ ।

कम्पनीले आफूहरूले गरेको राजश्वको योगदानलाई मध्यनजर गर्दै अवैध चुरोट नियन्त्रणका लागि चनाखो बन्न पनि सरकारलाई आग्रह गरेको बताएको छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुक्न थालेपछि किसान वैकल्पिक खेती तर्फ अग्रसर

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुक्न थालेपछि किसान वैकल्पिक खेती तर्फ अग्रसर

पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणपछि सुन्तलाका बोट मर्न थालेका हुन् । धान, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका पर्वतका किसान...
कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए :  बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन्...
च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी गर्दै आएका पूर्णबहादुर

च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी गर्दै आएका पूर्णबहादुर

हिमाली उपआयोजनाले उद्यमशीलता गर्न चाहने व्यक्तिहरुलाई अनुदान सहुलियत दिन थालेपछि नेपाली र दलित समुदायका केही व्यक्तिहरु त्यहाँ पुगेका थिए ।

भर्खरै