नेभिगेशन
समाज

मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

मुस्ताङ । स्याउ उत्पादनले प्रसिद्ध हिमाली जिल्ला मुस्ताङमा यस वर्ष स्याउ उत्पादन घटे पनि यहाँका किसानले स्याउ बिक्री गरेर आम्दानी भने बढाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बजारीकरणबाट  रु १६ करोड ५३ लाख बढी आम्दानी बढेको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।

Ncell
Extreme Energy

यहाँ गत वर्ष यहाँ उत्पादन भएको स्थानीय र हाइब्रिड स्याउ गरी फार्म गेट औसत मूल्य प्रतिकिलो रु १५५ मा बिक्री भएकामा यस वर्ष प्रति  किलो फार्म गेट मुल्य रु १८५ मा बिक्री हुँदा स्याउ बिक्रीबाट आम्दानी बढेको कृषि तथा पशु विकास कार्यालयका प्रमुख राजेश गुरुङले जानकारी दिए ।

उनका अनुसार गत वर्षको स्याउको फार्म गेट मुल्यमा प्रतिकिलो रु ३० ले वृद्धि भएको हो । गत वर्ष मुस्ताङमा सात हजार ३२८ मेट्रिक टन स्याउ उत्पादन भएकामा यस वर्ष छ हजार ६८४ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष ६४४ मेट्रिक टन स्याउ कम फलेको हो । मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन दर घटे पनि उच्चघनत्व प्रविधिमा आधारित (हाइब्रिड)स्याउको उत्पादनमा भने कुनै असर नपुगेको कार्यालय प्रमुख गुरुङको भनाइ छ ।

यहाँ गत वर्ष स्थानीय जातको स्याउ छ हजार ७८ मेट्रिक टन र हाइब्रिड स्याउ एक हजार २५० मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष स्थानीय जातको स्याउ पाँच हजार २५९ मेट्रिक टन र हाइब्रिड स्याउ एक हजार ४२४ मेट्रिक टन उत्पादन भएको छ ।

यहाँ गत वर्षको तुलनामा यस वर्ष स्थानीय स्याउमा ८१९ मेट्रिक टन कम फलेको छ भने हाइब्रिड स्याउ १७४ मेट्रिक टन बढी फलेको कार्यालय प्रमुख गुरुङको भनाइ छ ।

मुस्ताङमा यस वर्ष यहाँ उत्पादन भएको ९० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुँदा रु ९९ करोड २१ लाख ३३ हजार आम्दानी भएको जनाइएको छ ।

गत वर्ष यहाँ ९० प्रतिशत स्याउ जिल्ला बाहिर निर्यात हुँदा रु ८२ करोड ६८ लाख आम्दानी भएको थियो । गत वर्ष यहाँ स्थानीय स्याउ निर्यात हुँदा रु ६० करोड १८ लाख आम्दानी भएको थियो भने हाइब्रिड स्याउ निर्यात हुँदा रु २२ करोड २५ लाख पाँच हजार आम्दानी भएको थियो ।

यस वर्ष स्थानीय जातको स्याउ निर्यात गर्दा रु ७१ करोड ७३ हजार आम्दानी भएको थियो । कार्यालयको स्याउ तथ्याङ्कअनुसार गत वर्षभन्दा यस वर्ष स्थानीय स्याउ बिक्रीबाट रु १० करोड ८२ लाख र हाइब्रिड स्याउ बिक्रीबाट रु पाँच करोड ९५ लाख वृद्धि भएको छ ।

यहाँ बर्सेनि कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना एकाइ, शीतोष्ण बागवानी विकास केन्द्र मार्फा र सम्बन्धित स्थानीय तहका कृषि प्राविधिक लगायतको समन्वयमा माथिल्लो मुस्ताङ, मध्य मुस्ताङ र तल्लो मुस्ताङ क्षेत्रमा तीन भागमा विभाजन गरी स्याउको क्रप कटिङ विधिबाट धेरै फल्ने, मध्यम फल्ने र कम फल्ने स्याउ बगैँचाको उत्पादन लेखाजोखा गरिएको आधारमा उत्पादन र आम्दानी अनुमान गरिएको कार्यालय प्रमुख गुरुङले जानकारी दिए ।

उनका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ ९० प्रतिशत जिल्ला बाहिर निर्यात भएको र १० प्रतिशत स्याउ जिल्लाभित्र भण्डारण र खपत भएको छ ।

मुस्ताङका पाँच स्थानीय तहमा गरी कूल ८९९ हेक्टर क्षेत्रफलमा स्याउखेती विस्तार गरिएकोमध्ये ६२७ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । त्यसमध्ये स्थानीय स्याउको क्षेत्र ८३७ हेक्टरमध्ये ५७२ हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ ।

यसैगरी ६२ हेक्टर क्षेत्रफलमा लगाइएको उच्चघनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ बगैँचामध्ये ५५ हेक्टर क्षेत्रफलमा लगाएको स्याउले उत्पादन दिने गरेको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ ।

यहाँ गत वर्षको तुलनामा यस वर्ष स्थानीयतर्फ सात हेक्टर र हाइब्रिडतर्फ दुई हेक्टर क्षेत्रफल विस्तार भएको थियो । मुस्ताङमा एक शुन्य छ प्रतिशतले स्थानीय स्याउ र १० प्रतिशतले हाइब्रिड स्याउको उत्पादनशील क्षेत्र विस्तार भएको कार्यालयले जनाएको छ ।

यहाँ गत वर्ष प्रतिहेक्टर उत्पादकत्व स्थानीय १० दशमलव ७४ मेट्रिक टन रहेकामा यस वर्ष घटेर प्रति हेक्टर उत्पादकत्व नौ दशमलव १९ प्रतिशत रहेको छ ।

यसैगरी गत वर्ष हाइब्रिड स्याउ प्रति हेक्टर उत्पादकत्व २५ मेट्रिकटन रहेको यस वर्ष २५ दशमलव ९० मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको कार्यालय प्रमुख गुरुङले जानकारी दिनुभयो ।

मुस्ताङका स्याउ किसानले स्थानीय जातका स्याउमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड डेलिसियस र फुजी स्याउ उत्पादन गर्छन् । उच्चघनत्व प्रविधिको हाइब्रिड स्याउतर्फ गाला,रेड डेलिसियस, किङ्गरोट, जोना प्रिन्सलगायतका स्याउ उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा भारतीय...
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...
यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...