नेभिगेशन
समाज

हिमाली क्षेत्रमा प्राकृतिक प्रक्रियाको नियमित अनुगमन गर्न बलियो प्रणाली आवश्यकः उप्रेती

अन्ताल्या (टर्किए) । बढ्दो बहुप्रकोपको जोखिम न्यूनीकरण तथा मानवीय क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई समावेशी, प्रभावकारी र समुदायमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज यहाँस्थित नेपाल पेभिलियनमा आयोजित ‘भोटेकोसीदेखि उत्थानशीलतासम्मः नेपालमा समावेशी बहुप्रकोप पूर्वसूचना प्रणालीको सुदृढीकरण’ विषयक छलफलमा सहभागी वक्ताहरूले पूर्वसूचना प्रणालीको पहुँच विस्तार, प्रविधिको प्रयोग, संस्थागत समन्वय र वित्तीय स्रोत व्यवस्थापनमा सुधार गर्नुपर्ने बताएका हुन्।

Marvel
Extreme Energy

छलफलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेतीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारले नीतिगत, संस्थागत तथा प्राविधिक तयारी अघि बढाएको जानकारी दिए। उनले हिमाली क्षेत्रमा तापक्रम, हिमनदी तथा अन्य प्राकृतिक प्रक्रियाको नियमित अनुगमन गर्न सक्ने बलियो प्रणाली आवश्यक रहेको बताए।

ग्रामीणमुखी युवा अभियान नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले नेपालमा विपद्सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सरकारी संरचना भए पनि समुदायस्तरमा सूचना पुर्‍याउने प्रणाली समावेशी र प्रभावकारी हुन नसकेको बताए। जिल्ला, स्थानीय र वडा तहका विपद् व्यवस्थापन समितिलाई समुदायमा सूचना प्रवाह गर्ने जिम्मेवारी भए पनि मोबाइल सन्देशमा अत्यधिक निर्भरता रहेको उनको भनाइ थियो।

एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरका कार्यकारी निर्देशक अस्लम पेरवाल्जले नेपालजस्तो भौगोलिक विविधता र उच्च विपद् जोखिम भएको मुलुकमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोत परिचालनको नयाँ ढाँचा आवश्यक रहेको बताए। उनले फिलिपिन्सको राष्ट्रिय आर्थिक तथा विकास प्राधिकरणले अघि सारेको अनुकूलन वित्त परिचालनको अवधारणाबारे जानकारी दिँदै जोखिम मूल्याङ्कन, जोखिम नक्साङ्कन र स्थानीय समुदायसँगको परामर्शमा लगानी बढाउनुपर्नेमा जोड दिए।

प्राक्टिकल एक्सन बङ्गलादेशकी जलवायु तथा उत्थानशीलता प्रमुख तमान्नाह रहमानले बङ्गलादेशमा मोबाइल फोनमार्फत आवाजमा आधारित पूर्वसूचना प्रणाली प्रभावकारी भएको अनुभव सुनाइन्। बङ्गलादेशमा ९८ प्रतिशत जनसङ्ख्याको पहुँचमा मोबाइल फोन भए पनि स्मार्टफोन प्रयोग गर्नेको सङ्ख्या १६ प्रतिशत मात्र रहेकाले सबै समुदायसम्म सूचना पुर्‍याउन आवाजमा आधारित सन्देश प्रणाली विकास गरिएको उनले बताइन्।

बाढी पूर्वानुमान तथा पूर्वसूचना केन्द्रबाट प्राप्त प्राविधिक सूचनालाई सर्वसाधारणले बुझ्ने सरल भाषामा रूपान्तरण गरी करिब एक मिनेटको आवाज सन्देश बनाएर मोबाइलमार्फत समुदायमा पठाउने गरिएको उनले जानकारी दिइन्।

ग्रामीणमुखी युवा अभियान नेपाल र प्राक्टिकल एक्सनको आयोजनामा भएको छलफलको सहजीकरण प्राक्टिकल एक्सनकी वरिष्ठ जलवायु उत्थानशीलता सल्लाहकार डेमेट इन्टेपेले गरेकी थिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वनमौरीको टोकाइबाट वीरबहादुरको मृत्यु

वनमौरीको टोकाइबाट वीरबहादुरको मृत्यु

घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर बर्दियामा एक जनाको मृत्यु भएको छ।
कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते, दुईको अवस्था गम्भीर

कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते, दुईको अवस्था गम्भीर

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित शुक्लाफाँटा आरक्षको जंगलभित्रको सडकमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
काठमाडौंमा एक घण्टामा २१.६ मिलिमिटर वर्षा

काठमाडौंमा एक घण्टामा २१.६ मिलिमिटर वर्षा

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान घाम लागिरहेको थियो। आकाशमा फाट्टफुट्ट बादल भए पनि ठूलो वर्षाको संकेत थिएन। असिनापानीको त कल्पना पनि थिएन।
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ– परराष्ट्रमन्त्री खनाल

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ– परराष्ट्रमन्त्री खनाल

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ।