नेभिगेशन
समाज

वनमौरीको टोकाइबाट वीरबहादुरको मृत्यु

बर्दिया । घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर बर्दियामा एक जनाको मृत्यु भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीरबहादुर थारु रहेका छन्।

Marvel
Extreme Energy

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार कात्तिक २४ गते दिउँसो करिब १ बजे मौरीले टोकेपछि उनी बेहोस भएका थिए। उनलाई उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पुर्‍याइएको थियो।

उपचारकै क्रममा सोही दिन दिउँसो ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

थारुको घरको सिलिङमा करिब दुई महिनादेखि वनमौरीका पाँचवटा घार रहेको प्रहरीले जनाएको छ। मौरीको टोकाइबाट मृत्यु भएका उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते, दुईको अवस्था गम्भीर

कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते, दुईको अवस्था गम्भीर

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित शुक्लाफाँटा आरक्षको जंगलभित्रको सडकमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
काठमाडौंमा एक घण्टामा २१.६ मिलिमिटर वर्षा

काठमाडौंमा एक घण्टामा २१.६ मिलिमिटर वर्षा

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान घाम लागिरहेको थियो। आकाशमा फाट्टफुट्ट बादल भए पनि ठूलो वर्षाको संकेत थिएन। असिनापानीको त कल्पना पनि थिएन।
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ– परराष्ट्रमन्त्री खनाल

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ– परराष्ट्रमन्त्री खनाल

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ।
भाइटीकाको दिनमा काठमाडौंमा असिनासहित वर्षा

भाइटीकाको दिनमा काठमाडौंमा असिनासहित वर्षा

काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंसहित देशका विभिन्न भागमा मध्याह्नपछि हल्का वर्षा भएको हो।