नेभिगेशन
सिधाकुरा विशेष

प्रहरी जवान राजेन्द्र थापा, जसले आफ्नो ज्यान दाउमा राखेर भिरमा अड्केकी रजनालाई जोगाए

काठमाडौँ । घटना हो मंसिर ८ गते रातको ८ बजेको । मकवानपुरको जिल्ला प्रहरी कार्यालयमा एउटा फोन आयो । ‘फोनमा कसैले सुनायो कि एकजना मान्छे भिरबाट खस्यो । त्यो मान्छे खोल्सामा अड्किएको छ । उद्धार गरिदिनुपर्यो ।’  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त सूचना  इलाका प्रहरी कार्यालय भिमफेदीमा फरवार्ड भयो । सूचना पाउनेवित्तिकै प्रहरी निरीक्षक सन्त कुमार श्रेष्ठको नेतृत्वमा इलाका प्रहरी कार्यालय भिमफेदीको टोली घटनास्थलतर्फ लाग्यो । घटनास्थल थियो  खहरे खोलाको भीर । केही बेरमा प्रहरी घटनास्थलमा पुग्यो । 

Ncell
Extreme Energy

घटनास्थल पुगेपछि प्रहरीले थाहा पायो भिरमा अड्किएकोे मान्छे १४ वर्षको किशोरी हुन् । प्रहरीले घटनास्थल निरीक्षण गर्यो । केही सोधपुछ गर्यो । खहरे भिरको अन्दाजी ५० मिटर तल मान्छे सल्लाको रुखमा अड्किएको थाहा भयो । 

रातको समय छ, उभिएको किशोरी उद्धार माग गरिरहेकी छिन् । भिरमा अड्किएको मान्छेलाई उद्धार गर्ने उपकरण प्रहरीसँग छैन । उनीहरुसँग मान्छे उद्धारको लागि उपकरण ल्याउने र पर्खने समय पनि थिएन । 

प्रहरीले तत्काल मान्छेको उद्धार गर्ने निर्णय लियो । किनकी युवति अड्एिको ठाउँबाट तल झनै ठूलो भिर थियो । 

अब, ५० मिटर तल रहेको मान्छेलाई माथि ल्याउने कसरी ? उनीहरुले जुक्ति लगाए ।  एकजना प्रहरी शरिरमा डोरी बाँधेर भिरबाट तल झर्ने, त्यो डोरी माथि बसेकाले समाउने । डोरी बाँधेका प्रहरीले भिरमा अड्किएको किशोरीलाई समाउने र बुइमा बोकेर माथि ल्याउने । यो उपाए सुन्दा जति सजिलो देखिन्छ गर्न उति सजिलो पटक्कै थिएन । 

अर्को कुरा आफ्नै ज्यान दाउमा राखेर तल भिरमा जाने को ? किनकी त्यो जाने मान्छे नै फर्कन्छ फर्कदैन भन्ने डर त थियो नै । केही तलमाथि भएर डोरी छुटेमा २ जनाको ज्यान जानसक्ने जोखिम थियो । 

तर, प्रहरी जवान राजेन्द्र थापाले यस्ता दायाँ बायाँ केही सोचेनन् । किशोरीको उद्धार गर्नको लागि डोरी बाँधेर भिरमा जान तयार भए । 

प्रहरी जवान राजेन्द्र थापाको ज्यूमा मोटो डोरी बाँधियो । तर, पुगेपछि युवतिलाई बाँध्नको लागि उनले छुट्टै डोरी घाँटीमा अड्काए । उनले मुखमा डोरी एउटा सानो टर्चलाइट च्यापे डिलबाट तल झरे । माथि रहेकाहरुले बिस्तारै उनको ज्यानमा बाँधिएको डोरी छोड्दै गए ।  बिस्तारै बिस्तारै राजेन्द्र डिलबाट भिरतिर झर्दै गए । डिलबाट खिचिएको भिडियोमा उनी देखिन छाडे । 

केही समयपछि किशोरीलाई पिठ्युमा बोकेर राजेन्द्र डिलमा आए । त्यसपछि सबैले राहतको सास फेरे । ति किशोरी थिइन् १४ वर्षकी रजना स्याङ्ताङ । भीमफेदी गाउँपालिका वडा नं ५ ढुसिनीपुल स्थित छबेली बस्ने स्याङ्ताङ घरबाट छबेलि बजारतर्फ जाँदै थिइन् । सोही क्रममा उनी खहरे खोलाको भिरबाट करिब ७ बजेतिर बाटोबाट ५० मिटर तल भिरमा खसेकी थिइन् ।

बुुबा हिरा बहादुर स्याङताङका अनुसार छोरी रजना साथीसँग भेट्न जाने क्रममा करिब बेलुका करिब साढे ६ बजेदेखि ७ बजेको बीचमा भिरबाट खसेकी हुन् । छोरी खसेको बिषयमा गाउँकै अर्को साथीले फोन गरेर भने पछि आफू घटनास्थल पुुगेको उनले सिधाकुरालाई बताए । 

उनकाअनुसार छोरी भिरको बाटोबाट हिंड्ने क्रममा एउटा खुट्टा चिप्लिएर भिरबाट उत्तानो परेर भिरबाट खसेकी थिइन । तर, भाग्यले उनी सल्लाको रुखमा अड्किएर एउटा सानो ठाउँमा ठिङ्ग उभिएको बुुबा हिराले बताए । उनले छोरीका उद्धार गर्ने प्रहरीप्रति आभार प्रकट गरे । 

छोरीको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको बुुबा हिराले बताए । ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सन्त कुमार श्रेष्ठकाअनुसार प्रहरी जवान राजेन्द्रको शाहसले किशोरीको उद्धार सम्भव भएको हो । बेलैमा प्रहरीले सूचना पाउनुु र सबै मिलेर एक साथ काम गर्दाको नतिजा भएको इन्सपेक्टर श्रेष्ठले बताए ।

भिमफेदी गाउँपालिका ५ का वडा अध्यक्ष जहर सिंह लामाले प्रहरीको सहयोगका कारण बालिकाको ज्यान बचेको बताए । कठिन अवस्थामा रहेकी युवतिको ज्यान बचाएर प्रहरीले आफ्नो कार्यकुुशलता प्रर्दशन गरेको अध्यक्ष लामाको भनाई छ । यो घटनाले समाजमा प्रहरी र नागरिकको सम्बन्ध स्थापित भएको बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

त्रिभुवन विमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा छन्। कतै हेलिकोप्टरले आफ्नो मान्छे ल्याइहाल्छ कि भन्ने आशामा बेपत्ताका आफन्तहरु विमानस्थल बाहिर कुरिरहेका छन्।
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्...
खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् ।  त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ ।