नेभिगेशन
सबै कुरा

एनआरएनको निर्वाचनमा भिरो भोटिङनै ह्याक ? उपाध्यक्षका उम्मेद्वारलाई शून्य भोट

गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको भोटिङ सिस्टम नै ह्याक भएको उम्मेद्वारहरुले गुनासो गरेको छ । 

मध्यरातमा सार्वजनिक भएका मत परिणाम अनुसार अध्यक्षमा बद्री केसी निर्वाचित भएका थिए । एमाले निकट उनले १३७८ मत प्राप्त गरेका थिए भने उनको प्रतिस्पर्धी आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत पाएका थिए । 

City Express

तर मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताएका छन् ।  महेश श्रेष्ठको प्यानलबाट उपाध्यक्षका उम्मेद्वार बनेका डा केशव पौडेलको काठमाडौबाट खसेको मत शून्य देखाएको थियो । जब कि काठमाडौबाट मात्रै ८ सय भन्दा धेरै सदस्यले मतदान गरेको एनआरएनका अधिकारीले बताएका छन् । 

यता उपाध्यक्षमा जितेको खगेन्द्र न्यौपानेले समेत आफूलाई जिताइएको भए पनि निर्वाचनमा धाँधली धएकाले यो जितलाई स्वीकार नगर्ने भनेको छन् ।

निर्वाचनमा सिस्टम ह्याकको आरोप निर्वाचित भएका बद्री केसी माथि लागेको छ । भिरो भोटिङ कम्पनीसँग केसीलेनै सम्झौता गरेको र यस अघि पनि केसीको भुमिका शंकास्पद रहँदै आएकाले भोटिङ सेवा प्रदायकलाई नै प्रभावमा पारेको शर्मा र श्रेष्ठ प्यानलले आरोप लगाएका छन् । 

अध्यक्षमा निर्वाचित बद्री केसी दुई वर्षयता एनआरएनमा अध्यक्ष थिए । त्यसअघि उनी उपाध्यक्ष र महासचिव थिए । महासचिव हुँदादेखि नै उनलाई सूचनाप्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटाबेस र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो ।

बहालवाला अध्यक्ष भएका कारण महाधिवेशन र निर्वाचन प्रक्रिया मूलतः बद्रीको नियन्त्रणमा रहेको एनआरएनका नेताहरु बताउँछन् । 

परिणाम सार्वजनिक भएपछि प्रतिस्पर्धी श्रेष्ठले निर्वाचन  रद्द हुनु पर्ने भन्दै नयाँ निर्वाचन गराउनु पर्ने बताए । शर्माले पनि अनलाईन सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेप गर्नु पर्ने बताए । 

अन्य पदमा कोको निर्वाचित भए ?

उपाध्यक्षमा अस्ट्रेलियाबाट डा. विनोद श्रेष्ठ १५६०, 

यूकेबाट डा.हेमराज शर्मा २२६५, 

मलेसियाबाट खगेन्द्र न्यौपाने १३५७, 

कतारबाट राजु रेग्मी ‘राज’ १९००, 

यूकेबाट रामशरण सिमखडा १५५२

र जापानबाट रोविन शेरचन २१८०

महिला उपाध्यक्ष यूकेबाट रोजिना प्रधान राई १९४७

युवा उपाध्यक्ष रोसन थापा २४६८ 

महासचिव गौरीराज जोशी २०३७ 

उपमहासचिव प्रवीन गुरुङ कतार २१५० 

सोमनाथ सापकोटा यूके १७९० 

१५ जनाको उम्मेदवारी परेको सचिव पदमा निर्वाचित भएका ६ जना 

भीम केसी ‘कमल’१६७३ मत

ज्ञानेन्द्र रेग्मी १७८२ मत 

मनोजकुमार श्रेष्ठ २०२४ मत

डा। नवराज रोस्यारा १८५३ 

पारमणि पोखरेल  १६५१ 

स्वतन्त्रप्रताप शाह  १६६६ 

महिला सचिवमा राधिका गुरुङ ‘टीका’ २३२० मत

कोषाध्यक्षमा सुदनकुमार थापा 

सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना २०१५

अभिमन्यू बस्नेत २०८१ र तिलकप्रसाद गैरे २२३२ मत ल्याएर विजयी भए ।

सहकोषाध्यक्षमा अमृता थापा २२८७

अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान २३३६ 

युवा संयोजकमा सुपेन्द्र घिसिङ २०३६ मतका साथ विजयी भए ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले बुधबार नयाँबसपार्क पगी सेवा शुभारम्भ गरेका हुन ।
हावाबाट बिजुली निकाल्ने प्रविधिको विकास गर्नतर्फ सरकारको ध्यानः मन्त्री घिसिङ

हावाबाट बिजुली निकाल्ने प्रविधिको विकास गर्नतर्फ सरकारको ध्यानः मन्त्री घिसिङ

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताएका हुन ।
पोखरा–बागलुङ सडकको दुर्दशाले यातायात संचालनमा समस्या

पोखरा–बागलुङ सडकको दुर्दशाले यातायात संचालनमा समस्या

पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक...
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड २ महिना एकतर्फी मात्र सञ्चालन हुने

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड २ महिना एकतर्फी मात्र सञ्चालन हुने

सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले आज सूचना जारी गर्दै दाउन्ने खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले सो कार्य सम्पन्न नहुञ्जेलसम्मका लागि एकतर्फी सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका...

भर्खरै