नेभिगेशन
सबै कुरा

एनआरएनको निर्वाचनमा भिरो भोटिङनै ह्याक ? उपाध्यक्षका उम्मेद्वारलाई शून्य भोट

गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको भोटिङ सिस्टम नै ह्याक भएको उम्मेद्वारहरुले गुनासो गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मध्यरातमा सार्वजनिक भएका मत परिणाम अनुसार अध्यक्षमा बद्री केसी निर्वाचित भएका थिए । एमाले निकट उनले १३७८ मत प्राप्त गरेका थिए भने उनको प्रतिस्पर्धी आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत पाएका थिए । 

Ncell
Extreme Energy

तर मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताएका छन् ।  महेश श्रेष्ठको प्यानलबाट उपाध्यक्षका उम्मेद्वार बनेका डा केशव पौडेलको काठमाडौबाट खसेको मत शून्य देखाएको थियो । जब कि काठमाडौबाट मात्रै ८ सय भन्दा धेरै सदस्यले मतदान गरेको एनआरएनका अधिकारीले बताएका छन् । 

यता उपाध्यक्षमा जितेको खगेन्द्र न्यौपानेले समेत आफूलाई जिताइएको भए पनि निर्वाचनमा धाँधली धएकाले यो जितलाई स्वीकार नगर्ने भनेको छन् ।

निर्वाचनमा सिस्टम ह्याकको आरोप निर्वाचित भएका बद्री केसी माथि लागेको छ । भिरो भोटिङ कम्पनीसँग केसीलेनै सम्झौता गरेको र यस अघि पनि केसीको भुमिका शंकास्पद रहँदै आएकाले भोटिङ सेवा प्रदायकलाई नै प्रभावमा पारेको शर्मा र श्रेष्ठ प्यानलले आरोप लगाएका छन् । 

अध्यक्षमा निर्वाचित बद्री केसी दुई वर्षयता एनआरएनमा अध्यक्ष थिए । त्यसअघि उनी उपाध्यक्ष र महासचिव थिए । महासचिव हुँदादेखि नै उनलाई सूचनाप्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटाबेस र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो ।

बहालवाला अध्यक्ष भएका कारण महाधिवेशन र निर्वाचन प्रक्रिया मूलतः बद्रीको नियन्त्रणमा रहेको एनआरएनका नेताहरु बताउँछन् । 

परिणाम सार्वजनिक भएपछि प्रतिस्पर्धी श्रेष्ठले निर्वाचन  रद्द हुनु पर्ने भन्दै नयाँ निर्वाचन गराउनु पर्ने बताए । शर्माले पनि अनलाईन सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेप गर्नु पर्ने बताए । 

अन्य पदमा कोको निर्वाचित भए ?

उपाध्यक्षमा अस्ट्रेलियाबाट डा. विनोद श्रेष्ठ १५६०, 

यूकेबाट डा.हेमराज शर्मा २२६५, 

मलेसियाबाट खगेन्द्र न्यौपाने १३५७, 

कतारबाट राजु रेग्मी ‘राज’ १९००, 

यूकेबाट रामशरण सिमखडा १५५२

र जापानबाट रोविन शेरचन २१८०

महिला उपाध्यक्ष यूकेबाट रोजिना प्रधान राई १९४७

युवा उपाध्यक्ष रोसन थापा २४६८ 

महासचिव गौरीराज जोशी २०३७ 

उपमहासचिव प्रवीन गुरुङ कतार २१५० 

सोमनाथ सापकोटा यूके १७९० 

१५ जनाको उम्मेदवारी परेको सचिव पदमा निर्वाचित भएका ६ जना 

भीम केसी ‘कमल’१६७३ मत

ज्ञानेन्द्र रेग्मी १७८२ मत 

मनोजकुमार श्रेष्ठ २०२४ मत

डा। नवराज रोस्यारा १८५३ 

पारमणि पोखरेल  १६५१ 

स्वतन्त्रप्रताप शाह  १६६६ 

महिला सचिवमा राधिका गुरुङ ‘टीका’ २३२० मत

कोषाध्यक्षमा सुदनकुमार थापा 

सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना २०१५

अभिमन्यू बस्नेत २०८१ र तिलकप्रसाद गैरे २२३२ मत ल्याएर विजयी भए ।

सहकोषाध्यक्षमा अमृता थापा २२८७

अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान २३३६ 

युवा संयोजकमा सुपेन्द्र घिसिङ २०३६ मतका साथ विजयी भए ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपत्यकाको यातायात सुधार्न अघि सारिएको गुरुयोजनामा केके छ?

उपत्यकाको यातायात सुधार्न अघि सारिएको गुरुयोजनामा केके छ?

ठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित दीर्घकालीन यातायात गुरुयोजना सार्वजनिक गरिएको छ।
अब नारायणगढदेखि बुटवलसम्मको यात्रा दुई घण्टामै, यस्तो बन्यो ६ लेनको सडक

अब नारायणगढदेखि बुटवलसम्मको यात्रा दुई घण्टामै, यस्तो बन्यो ६ लेनको सडक

नारायणगढ–बुटवल सडक दुई लेनबाट चार लेनमा विस्तार गरिएको हो । बस्ती भएका ठाउँमा छ लेन बनाइएको छ ।
एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

एक झर पानीमै जमल डुब्नुका यी हुन् कारण

'पानी परेपछि जमलको बाटो पार गर्नै डर लाग्छ,' उनी भन्छन्, 'कहिलेकाहीँ स्कुटी नै पल्टिन्छ कि जस्तो हुन्छ । सार्वजनिक बसमा चढ्दा अत्यधिक भीड हुन्छ, आफ्नै स्कुटी चलाउँदा दुर्घटनाको...
नेपालले आफै उत्पादन गर्न थाल्यो बिजुलीका पोल, ऊर्जामन्त्री भन्छन्: आत्मनिर्भरतातर्फ महत्वपूर्ण पाइला

नेपालले आफै उत्पादन गर्न थाल्यो बिजुलीका पोल, ऊर्जामन्त्री भन्छन्: आत्मनिर्भरतातर्फ महत्वपूर्ण पाइला

नेपालले आफै बिजुलीका पोल उत्पादन गर्न थालेको छ ।

भर्खरै