नेभिगेशन
सबै कुरा

टीकाको दिन नेपाल प्रहरी र सशस्त्रको निशुल्क बस सेवा

नेपाल प्रहरी  र सशस्त्र प्रहरीले मंगलबार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने भएका छन् । 

दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा नेपाल प्रहरीले निःशुल्क सेवा दिने प्रहरी हेडक्वाटरले जनाएको छ ।

City Express

दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन हुनेछन् ।

सशस्त्र प्रहरीले पनि निस्शुल्क बस सेवा सञ्चालन गर्ने छ । सशस्त्रले सञ्चालन गर्ने बा १ ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुदै पुनस्नक्शालसम्म निस्शुल्क सेवा दिनेछ ।

प्रहरी प्रधान कार्यालय नक्शालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्शालसम्म निस्शुल्क सेवा सञ्चालन हुने सशस्त्रले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...