नेभिगेशन
समाज

मदिरा तस्करीः साना भरिया पक्राउ, तस्करको छैन अत्तोपत्तो 

गौर । अवैध रक्सीसहित रौतहट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  

रौतहटको ईशनाथ नगरपालिका वडा नंम्बर ५ जयनगर स्थित सिमा क्षेत्रमा नेपालबाट अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण भसेडवा वडा नम्बर १९ बस्ने अन्दाजी २० वर्षीय सन्तोष यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

CG


यादवको साथबाट १८ हजार २ सय रुपैयाँ बराबरको रक्सी बरामद गरिएको हो । भारतको बिहारमा मदिराको उत्पादन, बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरिएपछी मधेस प्रदेशका सिमा जोडिएका जिल्लाबाट  भारततर्फ अवैध रुपमा मदिराको तस्करी भइरहेको  पाइएको छ । 


जिल्लाको लक्ष्मिपुर बेलबिछवा, मठिया नाकाबाट हरेकदिन जस्तो रातको समयमा मोटरसाइकलमा भारतबाट आउने भरियालाई नेपालका तस्करले मदिरा बोकाएर पठाउने गरेका छ्न । प्रहरीले साना भरीया बेला बखत पक्राउ परे पनि ठुला कारोबारी र तस्करीहरु भने पक्राउ पर्दैनन् । यसले सिमा क्षेत्रका प्रहरीमाथीनै प्रश्नचिन्ह खडा गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

प्रहरीले केही दिनअघि गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित छ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ...
युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ...
छुरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमानद्वारा आत्महत्याको प्रयास

छुरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमानद्वारा आत्महत्याको प्रयास

आइतबार बिहान करिब ८ बजेको समयमा बेलका नगरपालिका–३ किरात चोक बस्ने ३० वर्षका खगेन्द्र राई र उनकी २७ वर्षीया श्रीमती भावना भनिने गंगा राईबीच आपसी विवाद हुँदा श्रीमानले...
सन् २०२५ मा १२८ पत्रकारको हत्या

सन् २०२५ मा १२८ पत्रकारको हत्या

तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड...