नेभिगेशन
सबै कुरा

नेपाली ट्यालेन्टहरुलाई हङकङको भिसा खुल्यो, कोको जान पाउँछन् ?

हङकङ सरकारले करिब १८ वर्षपछि नेपाली ट्यालेन्टहरुका लागि लागि भिसा खुलाएको छ । अब नेपालबाट इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदारले हङकङको भिसाा पाउने छन् । साथै विद्यार्थी र बढीमा एक वर्षे तालिमका लागि पनि भिसाा खोलेको छ । तर घरेलु कामदार र अन्य कामदारका लागि भने यो लागु हुने छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट)हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका थिए । प्रमुख कार्यकारी जोन लीको नीति सम्बोधनले नेपाल सहित भियतनाम र लाओसका ट्यालेन्टहरुलाई फाइद पुग्नेछ  ।

Ncell
Extreme Energy

जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा भनेका छन्, ‘हामी नेपाल र लाओसका प्रतिभाहरूलाई रोजगारी, तालिम र विश्वविद्यालय अनुदान कोषबाट सञ्चालित संस्थानहरूमा अध्ययनका लागि भिसा नीति खुकुलो बनाउने छौँ।’

हङकङमा सन् २००५ देखि नेपालीहरुका लागि घरेलु कामदार लगायतका भिसाा बन्द गरिएको थियो । त्यसपछि हङकङमा रोजगारका लागि नेपालीको प्रवेश बन्द भएको थियो । त्यसयता भ्रमण भिसाामा समेत नेपालीलार्य कडाइ हुँदै आएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै बूढीगण्डकीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।