नेभिगेशन
सबै कुरा

नेपाली ट्यालेन्टहरुलाई हङकङको भिसा खुल्यो, कोको जान पाउँछन् ?

हङकङ सरकारले करिब १८ वर्षपछि नेपाली ट्यालेन्टहरुका लागि लागि भिसा खुलाएको छ । अब नेपालबाट इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदारले हङकङको भिसाा पाउने छन् । साथै विद्यार्थी र बढीमा एक वर्षे तालिमका लागि पनि भिसाा खोलेको छ । तर घरेलु कामदार र अन्य कामदारका लागि भने यो लागु हुने छैन ।

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट)हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका थिए । प्रमुख कार्यकारी जोन लीको नीति सम्बोधनले नेपाल सहित भियतनाम र लाओसका ट्यालेन्टहरुलाई फाइद पुग्नेछ  ।

Dish Home
Global Ime Bank

जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा भनेका छन्, ‘हामी नेपाल र लाओसका प्रतिभाहरूलाई रोजगारी, तालिम र विश्वविद्यालय अनुदान कोषबाट सञ्चालित संस्थानहरूमा अध्ययनका लागि भिसा नीति खुकुलो बनाउने छौँ।’

हङकङमा सन् २००५ देखि नेपालीहरुका लागि घरेलु कामदार लगायतका भिसाा बन्द गरिएको थियो । त्यसपछि हङकङमा रोजगारका लागि नेपालीको प्रवेश बन्द भएको थियो । त्यसयता भ्रमण भिसाामा समेत नेपालीलार्य कडाइ हुँदै आएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बुटवल–नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

बुटवल–नारायणगढ सडक : विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

“जिल्लास्थित सरोकारवालाको बैठकबाट खोलाको डाइभर्सनमा थप जोखिम बढेकाले अब नयाँ बन्दै गरेको पुल नै छिटो सञ्चालन गर्ने गरी पर्खने निर्णय गरिएको छ”, उनले भने, “दुम्कीवास पुल असार १६...
४ दिनदेखि ठप्प दुम्कीवास–दाउन्ने खण्डः भोकै जंगलमा रात बिताउन बाध्य छन् चालक तथा यात्रु

४ दिनदेखि ठप्प दुम्कीवास–दाउन्ने खण्डः भोकै जंगलमा रात बिताउन बाध्य छन् चालक तथा यात्रु

“स्थानीय तह, निर्माण कम्पनी र प्रहरी प्रशासनको समन्वयमा वैकल्पिक व्यवस्थाको प्रयास भइरहेको छ”, उनले भने, “तर अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ ।”
ग्वार्को ओभरपासको उद्घाटन

ग्वार्को ओभरपासको उद्घाटन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।
तस्विरमा हेरौँ पटकपटक भत्काउँदै बनाउँदै गरेर निर्माण सम्पन्न गरिएको ग्वार्को ओभरपास

तस्विरमा हेरौँ पटकपटक भत्काउँदै बनाउँदै गरेर निर्माण सम्पन्न गरिएको ग्वार्को ओभरपास

ललितपुरको ग्वार्कोमा बनेको ओभरपास अन्ततः सवारीचालकले प्रयोग गर्न पाउने समय आएको छ । तोकिएको भन्दा निकै ढिलो गरी ओभरपास तयार भएको हो । शुक्रबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन...

भर्खरै