नेभिगेशन
समाज

रवि लामिछानेलाई रुपन्देही अदालतमा उपस्थित गराइयो

रुपन्देही । सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा पेश गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुटवलको सुप्रिम सहकारीको पैसा हिनामिना मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले  लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । सो आदेशपश्चात घरबाटै गिरफ्तारी दिएका उनलाई रुपन्देही अदालतमा पेश गरिएको हो । अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  

Marvel
Extreme Energy

गत शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको थियो । आदेशसँगै शुक्रवार रातिनै लामिछानेले काठमाडौँस्थित घरबाटै गिरफ्तारी दिएका थिए ।
शनिबार उनलाई विमानमार्फत भैरहवा लगिएको थियो ।

तीन दिन न्यायिक हिरासतमा राखेर उनलाई अदालत उपस्थित गराइएको हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारले ल्यायो दुई अध्यादेश

सरकारले ल्यायो दुई अध्यादेश

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।