नेभिगेशन
समाज

प्रहरीले भेट्टाउन नसेकेका दुर्गा प्रसाईँको आईजीपीलाई चुनौती, ‘वकिल र मानव अधिकारवादीको रोहवरमा कुरा गर्नेभए सार्वजनिक हुन्छु’

काठमाडौँ । चैत १५ गतेदेखि प्रहरीले भेट्टाउन नसकेका व्यवसायी दुर्गा प्रसाईँले प्रहरीलाई नै चुनौती दिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो अपलोड गर्दै प्रसाईँले आफूसँग वलिक र मानव अधिकारवादीको रोहवरमा कुरा  गर्ने भए आफू २४ देखि ३६ घण्टाभित्र सार्वजनिक हुने घोषणा गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘मलाई खोज्नु पर्दैन । म आईजीपीलाई यहीँबाट भन्छु, म तपाईँलाई राम्रोसँग चिन्दछु, तपाईँ राम्रो क्याडर हो । मैले तपाईँलाई के भन्न चाहान्छु, तपाईँले यो जिम्मेवारी लिनुहुन्छ र ५/५ जना वकिल र मानव अधिकारवादी रोहबरमा तपाईँले कुरा गर्नुहुन्छ भने म यो सम्बोधन आएको २४ घण्टादेखि ३६ घण्टाभित्र सार्वजनिक हुन्छु ।’

Ncell
Extreme Energy

त्यस्तै उनले तीनकुने घटनामा ज्यान गुमाएका २ जनाको परिवारलाई ५/५ लाख दिने घोषणा समेत गरेका छन् । 

चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनको कमाण्डर रहेका प्रसाईँले प्रहरीको ब्यारिकेट समेत तोडेर निषेधित क्षेत्रतर्फ अघि बढाएका थिए । केही दुरी पर लगेर गाडी रोकेका प्रसाईँ प्रदर्शनस्थलतर्फ फर्किएका थिए । पछि आन्दोलन हिंसात्मक बन्दै गएपछि उनी फरार भएका थिए । 
त्यसयता प्रहरीले उनको चौतर्फी खोजी गरिरहेको छ । उनी भने सामाजिक सञ्जालमा भिडियो हालेर प्रहरीलाई नै चुनौती दिइरहेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...