नेभिगेशन
समाज

दुर्गा प्रसाईँलाई भारतबाट झापा ल्याइयो, विमानबाट काठमाडौँ ल्याइँदै

काठमाडौँ । भारतमा प्रकाउ परेका दुर्गा प्रसाईँलाई नेपाल ल्याइएको छ । भारतको आसाममा पक्राउ परेका प्रसाईँलाई नेपाल प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट नेपाल ल्याएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई भारतबाट स्थलमार्ग हुँदै झापाको काँकडभिट्टा नाका हुँदै भद्रपुर विमानस्थलतर्फ अघि बढाइएको हो । उनलाई बुद्ध एअरको विमानमार्फत काठमाडौँ ल्याइने प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

प्रसाई चैत १५ गतेको तीनुकने घटनापछि फरार थिए । यसबिचमा उनले दुई वटा भिडियो सार्वजनिक गर्दै आफू नेपालमा रहेको दाबी गरेपनि उनले भिडियो अपलोड गरेको आइपी टर्याक गर्दा भारतको आसाम देखिएपछि नेपाल प्रहरीको विषेश टोली भारत पुगेको थियो ।

भारतीय सुरक्षा अधिकारीहरुसँगको समन्वयमा उनी बसेको ठाउँ एकिन भएको प्रहरी स्रोत बताउँछ । पहिलो भिडियो रेकर्ड गरेकै घरमा भेटिएका प्रसाईलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा नेपालको सीमासम्म ल्याइएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...