नेभिगेशन
समाज

बानेश्वर केन्द्रित आन्दोलनले किस्ता तिर्न गाह्रो भयो, सहज वातावरण नबने आन्दोलन गर्छौँः यातायात व्यवसायी

काठमाडौैँ । सार्वजनिक यातायात व्यवसायीहरुले सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार यातायात व्यवस्था बिभागमा ध्यानाकर्षण बुझाउँदै बिभिन्न प्रकारको आन्दोलनका कारण यातायात सञ्चालन गर्न कठिनाइ भएको भन्दै सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको हो । बिभिन्न पक्षहरुले गरेको आन्दोलनका कारण यातायात क्षेत्र नै धरासयी भएकाले सरकारले गम्भीर भएर यस बिषयमा बिचार गर्नुपर्ने महासंघको भनाइ छ ।

Ncell
Extreme Energy

माइतीघर–बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनका कारण यातायात सञ्चालनमा अवरोध हुदा बैंक किस्ता तिर्न समस्या भएको, मजदुरलगायतमाथि समस्या भएको र यात्रुहरुको अधिकारको हनन भएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । उनले आफ्नो अधिकारको माग गर्दा अरुको अधिकार हनन भएको बिषयमा ख्याल गर्न अनुरोध गरे । आन्दोलनका कारण आफुहरुको अधिकार हनन भएकाले समयमा नै यातायात सञ्चालनको अवरोध नहटे बाध्य भएर आन्दोलन गर्ने उनले बताए ।

त्यस्तै महासंघले मोटर बिमा दर निर्देशिका २०७३ संशोधन, कानून बिपरित सञ्चालन भएका यातायात कम्पनीलाई कानूनी दायरामा ल्याउनुपर्ने, व्यवसायीको सुझावका आधारमा सवारी ऐन संशोधन लगाएतका बिषयमा समेत बिभागको ध्यानाकर्षण गराएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
किम्रुङ खोला  थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

किम्रुङ खोला थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला पहिरोले थुनिएपछि मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ।
विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।
बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् ।