नेभिगेशन
समाज

इरानी धम्कीपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य बेसमा

वासिङ्टन । इरानबाट ज्यान मार्ने धम्की आएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वासिङ्टनस्थित आफ्नो निवास छाडेर सैन्य बेसमा बसाइँ सरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

द न्युयोर्क टाइम्सले मंगलबार घटनाबारे जानकार तीन स्रोतलाई उद्धृत गर्दै बेसेन्ट सैन्य बेसमा सरेको समाचार सार्वजनिक गरेको हो । रोयटर्सले पनि यस घटनाबारे जानकारी भएका दुई स्रोतलाई उद्धृत गर्दै समाचार पुष्टि गरेको छ ।

Marvel
Extreme Energy

अमेरिकी अधिकारीहरूले इरानले वर्तमान तथा पूर्वअमेरिकी अधिकारीहरूलाई लक्षित गर्ने गतिविधि तीव्र बनाएको आकलन गरेका छन् । यद्यपि, बेसेन्टमाथि रहेको धम्कीको गम्भीरता र त्यससम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालिरहेका बेसेन्ट इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियानका प्रमुख पात्र हुन् । गत अगस्टदेखि उनले इरानलाई आर्थिक रूपमा एक्ल्याउने र उसको वित्तीय स्रोत कमजोर बनाउने प्रतिबन्ध तथा आर्थिक दबाब अभियानको नेतृत्व गर्दै आएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले गत अक्टोबर २३ मा विदेशमन्त्री मार्को रुबियोलाई पठाएको सूचनामा इरानले अमेरिकी कर्मचारीलाई लक्षित गर्ने प्रयास उल्लेख्य रूपमा बढाएको बताएका थिए । उनले मध्यपूर्व र अन्य मुलुकमा अमेरिकी नागरिकविरुद्धका घातक आक्रमणका योजना उन्नत चरणमा पुगेको चेतावनी दिएका थिए ।

बेसेन्टलाई सैन्य बेसमा सारिएको घटनापछि अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ताले इरानी सरकारको धम्कीबाट अर्थमन्त्री विचलित नहुने बताएका छन् । उनी इरानमाथि आर्थिक दबाब कायम राख्ने अभियानमा प्रतिबद्ध रहेको प्रवक्ताको भनाइ छ ।

रोयटर्सका अनुसार बेसेन्टको वासिङ्टनस्थित निवास पहिचान गर्न सकिने गरी वाल स्ट्रिट जर्नलले हवाई तस्बिर प्रकाशित गरेपछि उनको सुरक्षाबारे चिन्ता थपिएको थियो । त्यसपछि उनलाई सुरक्षित स्थानमा सारिएको स्रोतले बताएको छ ।

यसअघि पनि इरानबाट सम्भावित सुरक्षा खतरालाई ध्यानमा राख्दै अमेरिकाले मध्यपूर्वमा आफ्ना कूटनीतिक तथा सैन्य संरचनाको सुरक्षा व्यवस्था कडा पारेको थियो । गत अक्टोबरमा साउदी अरेबियास्थित अमेरिकी कूटनीतिक नियोगका अत्यावश्यकबाहेकका कर्मचारी र उनीहरूका परिवारलाई देश छाड्न निर्देशन दिइएको थियो ।

त्यस्तै, इरानबाट सम्भावित खतराको सूचनापछि बेलायतस्थित अमेरिकी सैन्य बेसबाट केही विमान अन्यत्र सारिएको समाचार पनि सार्वजनिक भएको थियो ।

इरानले अमेरिकी अधिकारीहरूलाई लक्षित गर्ने योजना बनाएको भन्ने आरोपबारे स्वतन्त्र रूपमा पुष्टि भएका विस्तृत प्रमाण सार्वजनिक भएका छैनन् । अमेरिकी अधिकारीहरूले भने इरानको विदेशमा आक्रमण गर्ने क्षमता सीमित रहेको आकलनसमेत गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि नेपालजस्ता जोखिममा रहेका मुलुकलाई विशेष अन्तरराष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन् ।
हिमाली क्षेत्रमा प्राकृतिक प्रक्रियाको नियमित अनुगमन गर्न बलियो प्रणाली आवश्यकः उप्रेती

हिमाली क्षेत्रमा प्राकृतिक प्रक्रियाको नियमित अनुगमन गर्न बलियो प्रणाली आवश्यकः उप्रेती

बढ्दो बहुप्रकोपको जोखिम न्यूनीकरण तथा मानवीय क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई समावेशी, प्रभावकारी र समुदायमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
वनमौरीको टोकाइबाट वीरबहादुरको मृत्यु

वनमौरीको टोकाइबाट वीरबहादुरको मृत्यु

घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर बर्दियामा एक जनाको मृत्यु भएको छ।
कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते, दुईको अवस्था गम्भीर

कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते, दुईको अवस्था गम्भीर

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित शुक्लाफाँटा आरक्षको जंगलभित्रको सडकमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।