नेभिगेशन
सबै कुरा

धरानमा निर्धारित कार्यक्रम स्थगित गर्न राजनीतिक दलहरुको आह्वान

भदौ ८, सुनसरी- धरानमा बसेको सर्वदलीय बैठकले शनिबारका लागि हिन्दु समर्थकले आह्वान गरेको निर्धारित कार्यक्रमहरु स्थगित गर्न साथै सम्बन्धित सरोकारवाला निकायलाई सामाजिक सद्भाव तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेकाे छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बसेको १३ दलको बैठकले एक साझा विज्ञप्ती जारी गर्दै सामाजिक सद्भाव खल्बलिने कुनै पनि कार्यक्रम नगराउन साथै सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भावमा समस्या उत्पन्न हुने कुनै सामाग्री शेयर नगर्न नगराउन अनुरोध गरेका छन् । 

Ncell
Extreme Energy

विज्ञप्तीमा भनिएको छ, ‘सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउने गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौं’ ।


त्यस्तै पछिल्लो समय धरानमा असहज परिस्थिति उत्पन्न भइरहँदा यहाँको सहिष्णुता र सद्भाव विथोलिन सक्नेप्रति सर्वदलिय बैठकले चिन्ता समेत व्यक्त गरेका छन् । 

स्थानीय स्तरमा देखिएका धार्मिक, सांस्कृतिक विवादका विषयहरुलाई सर्वपक्षीय साथै सर्वदलीय वार्ता तथा संवादबाट समाधान गर्न आफूहरु प्रतिवद्ध रहेको उनीहरुले बताएका छन् ।

पछिल्लाे समय धरानमा गोरु काटेर खाएको साथै मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । 

प्रदर्शनकाे आह्वान पछि धरानको स्थानीय प्रशासनले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म धरान प्रवेशमा समेत रोक लगाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...