नेभिगेशन
समाज

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए । “विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो”, उनले भने ।
    
इलाम–१ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकको दबाबपछि आजदेखि विद्यालय सञ्चालनमा ल्याउनुपरेको बताए । देउमाई नगरपालिका–९ जितपुरस्थित खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाटै सञ्चालनमा आएको छ ।
    
इलाम नगरपालिका–५ को अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक सोम निरौलाले अभिभावकले विद्यालय खोलाउन आग्रह गरेपनि खुल्न अझै केही दिन लाग्ने बताए ।  अभिभावकसँग छलफल गरेर निर्णय लिने उनको भनाइ छ ।

Extreme Energy

लामो समय विद्यालय बन्द भएपछि इलाम नगरपालिकाले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विद्यार्थीको भविष्य हेरेर विद्यालय खोलाउन आग्रह गर्दै आइतबार विज्ञप्ति निकालेको थियो । नगरप्रमुख केदार थापाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “समयमा विद्यालयमा विद्यार्थी भर्ना नभएका कारण विद्यार्थीको मनोविज्ञानमासमेत असर परिरहेको साथै अभिभावकहरु समेत गम्भीर र संवेदनशील भएको विद्यमान अवस्था र शिक्षा ऐनमार्फत शिक्षकहरुको माग पूरा गर्ने सन्दर्भमा वार्तासमेत भइरहेकाले, विद्यार्थी भर्ना र परीक्षालाई कत्ति पनि असर नहुने गरी वार्षिक शैक्षिक कार्यक्रमलाई अगाडि बढाउन इलाम नगरपालिकाका वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीमा हार्दिक अपिल गर्दछौँ ।”

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले विद्यालय सञ्चालनमा आउन जरुरी रहेको बताए ।  “विद्यालय भर्नामा असर नहुनेगरी सिर्जनात्मक आन्दोलन गर्नुपर्छ । सङ्घीय सरकारले वार्ताबाट शिक्षकका माग सम्बोधन गर्नुपर्छ”, उनले भने, “सामुदायिक विद्यालयका कक्षाकोठा खाली बनाउन मिल्दैन ।” 
    
हिमालय माध्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान...
भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका उदयपुर कटारी नगरपालिका–५ सोक्लाका २० वर्षीय बुद्धिमान परियार ६० दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको छ।
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा...