नेभिगेशन
समाज

उदयपुरमा नगरपालिकाकै संरक्षणमा अवैध उत्खनन्, ७० घर परिवार बाढीको जोखिममा

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका २ र ४ नम्बर वडा क्षेत्रबाट पछिल्लो समय अवैध रुपमा ढुङ्गागिट्टीको उत्खनन् भईरहेको छ । प्रशासन तथा राजनीतिक दलकै संरक्षणमा माडिवास र लामाखोला क्षेत्रमा अवैध उत्खनन् भैरहेको स्थानीयले गुनासो गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जसका कारण ७० घर बाढीको जोखिममा परेका छन् । पूर्वपश्चिम राजर्माग निर्माण गरिरहेको चाइनिज कम्पनीलाई एक लाख घन मिटर गिट्टी उपलब्ध गराउन अहिले उत्खनन भइरहेकाे हाे । यो अनुमति चालु आर्थिक वर्षको असोजमा ढुङ्गा गिट्टी बालुवा उउत्खननका लागि वन्दोवस्ती गरिएको ठेक्का भन्दा बाहिर हो । 

Everest cinsult

चालु आर्थिक वर्षमा ढुङ्गा गिट्टी बालुवाको उत्खनन् तथा व्यवस्थापन गर्नका लागि गरिएको वातावरणीय असर प्रभाव मूल्याङ्कन (आईई) बाहेक नै अहिले उत्खनन् भईरहेका छ । तर अहिले उत्खनन् गरिएको क्षेत्र निजी नम्बरी आवादीकाे राजश्व लिएर गिट्टीको उत्खनन् गर्न अनुमति दिएको छ ।

यसरी जथाभावी अनुमति दिदा नगरपालिकाको राजश्व संकलन  भएपनि नम्बरी आवादी देखाएर माडीबास र करमजे खोला, लामा खोला लगायत वन क्षेत्रमा ठूलो परिणाममा गिट्टीको उत्खनन हुदाँ वातावरणमा प्रत्यक्ष असर परेको स्थानीयले गुनासो गरेका छन् । 

Abaidh-Utkhanan-udayapur-1-1746198534.jpg
अहिले पनि चौदण्डीगढी नगरपालिका ४ बरपानीमा २ वटा स्काभेटर प्रयोग गरेर उत्खनन् हुँदा समेत नगरपालिका रमिते बनेको छ । 

उत्खनन् गर्न आइई स्विकृत गर्नुपर्ने हुन्छ । आईई पास भएपछि ठेक्का मार्फत काम गर्नु पर्ने हुन्छ । तर  साङ्गे छोयलिङ कन्ट्रक्सन प्रालि चौदण्डिगढी वडा नं ७ ठेगाना भएको कम्पनीलाई पहुँचका भरमा नगरपालिकाले उत्खनन अनुमति दिएको छ । 

नगरपालिकाको २०८२ वैशाख ७ गते बसेको कार्यपालिकाको बैठकले उत्खनन् गर्ने निर्णय गरेको पत्रमा उल्लेख गरेको छ । ठेकेदारको लागि कार्यपालिका बसेको दिन ७ गते नै नगरपालिकाले साङ्गे छोयलिङ कन्ट्रक्सन प्रालि बाट राजस्व प्राप्त भएको भन्दै उत्खनन् गर्न अनुमति दिइएको भनेर पत्र दिएको देखिन्छ । ७ गते नै कार्यपालिका बसेको ७ गते नै उत्खनन्को लागि नगरपालिकाले पत्र दिएको देखिन्छ । नगरपालिकाले अनुमति दिएको भन्दै ठेकेदारले बिहिबारसम्म पनि उत्खनन् गरिरहेका छन् । 

स्थानियका अनुसार कुनै मापदण्डको ख्यालै नगरी ९० सेन्टिमिटर खन्नु पर्नेमा  स्काभेटर प्रयोग गरेर ५ फिट सम्म खनिएको स्थानियले बताए । ऐलानी जग्गाको मापदण्ड विपरीत उत्खनन गर्न नगर प्रहरी नै तैनाथ गरिएको स्थानीयको गुनासो छ । 

अवैध उत्खनन् भइरहेको विषयमा स्थानीयले सिधाकुरामा गुनासो गरेका थिए । अवैध उत्खनन विषयमा रिपोर्टिङ गर्न  बुधबार सीधाकुरा संवाददाता उत्खनन् भइरहेको स्थानमा पुग्दा ठेकेदार पक्षले फोटो भिडियो खिच्न अवरोध गरेका थिए । साथै उनीहरुले धम्काउन खोजेका थिए । 

Abaidh-Utkhanan-udayapur-2-1746198550.jpg
रिपोर्टीङका क्रममा स्थानीय र ठेकेदार पक्षबिच तनाव सिर्जना भएको थियो । त्यसपछि बेल्टार प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक बबिन राई सहितको टोली घटना स्थल पुगेको थियो । 

प्रहरीले स्थानिय लाई नधम्क्याउन भन्दै ठेकेदार लाई चेतावनी समेत दिएको थियो । तर ठेकेदार पक्षले भने आफूहरुले नगरपालिकामा राजश्व तिरेको हामीलाई नगरपालिकाले रोक भन्नुपर्ने भन्दै स्थानीय लाई धम्क्याएका थिए । 
२ वटा स्काभेटर प्रयोग गरेर १० चक्के टिपरमा दैनिक १ सय टिप बढी गिट्टी लैजादा पनि १२ दिनसम्म  १२ सय टिपर लगेको देखिन्छ । दस चक्के टिपरमा १२ घनमिटरले मात्र हिसाब गर्दा पनि १४ हजार ४ सय घनमिटर बढी गिट्टी सिराहा लागिएको देखिन्छ । यसरी हेर्दा राजश्व समेत चुहावट भएको पाइन्छ । 

अबैध उत्खनन् ले खानेपानी मुहान सुख्ने, कुलोमा पानी नआउने, बर्खामा गाउँमै बाढी पस्ने जोखिम पनि उत्तिकै रहेको भन्दै वडा कार्यालय , र नगरपालिका लाई उत्खनन् रोक्न भने पनि बेवस्ता गरेको स्थानिय बताउँछन ।
मापदण्ड विपरित उत्खनन् गरेको गुनासो आएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुँइटेलले समेत स्विकार गरेका छन् । साथै उनले कागजपत्र हेर्दा कानुनसम्मत देखिएको दाबी गरे । 

ढुङ्गा गिट्टी, बालुवा उत्खनन् बिक्री तथा ब्यबस्थापन सम्बन्धी मापदण्ड २०७७ को ४ (४) मा नदीजन्य पदार्थ उत्खनन् गर्दा सामान्यतया श्रममुलक प्रविधिको प्रयोग गर्नु पर्नेछ । तर मेसिनको प्रयोग गर्नुपर्ने भएमा वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लिखित शर्त र सीमा भित्र रही गर्नु पर्नेछ । साथै विपद् जोखिम संवेदनशील क्षेत्रमा मेसिनको प्रयोग गर्नु पर्ने भए जिल्ला विपद् व्यवस्थापन समितिको अनुमति लिनु पर्ने मापदण्ड उल्लेख छ । यो हामीले भनेका होइनौ ढुङ्गा गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी २०७७ मा उल्लेख छ । 

83574868-eac0-498e-9101-dc6d0a6ae224-1746201244.jpg
मेसिन प्रयोग गर्न जिल्ला विपद् व्यवस्थापन समितिको कुनै अनुमति नलीकन गैरकानुनी हिसाबले दुई दुई वटा स्काभेटर प्रयोग गरिएको छ । 

१० नम्बर बुँदामा घना बस्ती र वन क्षेत्रको दुई किलोमीटर राजमार्गको पाँच  सय मिटर दूरी भित्रको नदी, सडक, पुल तथा झोलुङ्गे पुलको एक किलोमीटर तल र पाँच सय मिटर माथिको नदीजन्य पदार्थ उत्खनन् र संकलन गर्न पाइने व्यवस्था छैन । तर अहिले उत्खनन् भईरहेको क्षेत्र चालिसे सामुदायिक वन क्षेत्र सँगै जोडिएको क्षेत्र हो । 

७ को ९६० उत्खनन् संकलन ढुवानी कर्ताले उत्खनन संकलन वा ढुवानी गरेको परिणाम दैनिक अभिलेख अनुसूची ४ क बमोजिम र दैनिक पटके बिक्री वा ढुवानी अभिलेख तेरिज अनुसूची ४ (ख) बमोजिम ढाँचामा राख्नु पर्ने व्यवस्था भए पनि त्यो गरेको देखिँदैन । 

नगर प्रहरी नै खटाएर अवैध उत्खनन् भैरहँदा नगरपालिका भने मौन बसेको छ । स्थानीयले वडादेखि पालिकामा पटक पटक उत्खनन् रोक्न माग गरेपनि नगरपालिकाले सुनुवाई नगर्दा नगरपालिकाकै मिलेमतोमा अवैध उत्खनन् भएको स्थानीयको भनाई छ । 

शुक्रबार बरपानी गाउँका स्थानियहरु अवैध उत्खनन् रोकी दिनुपर्यो भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् । उनीहरूले  नम्बरी जग्गामा आईई गरेको भनेर सार्वजनिक जग्गामा उत्खनन् गरेको रोकिनु पर्ने, उत्खनन्मा संलग्न व्यक्ति सरकारी सेवा सुविधा लिएको होस् वा स्थानिय व्यक्ति होस् उनीहरूमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने, नागरिकको स्वतन्त्र पूर्वक आफ्ना विचार राख्ने अधिकार र  पत्रकारले स्वतन्त्र पूर्वक समाचार सम्प्रेषण गर्न पाउने अधिकार समेत सुनिश्चित गर्नुपर्ने, ठेकदार कम्पनीका ब्यक्ति बाट र नगर पालिका मौन बसी पत्रकार र स्थानिय माथि भएको ज्यादती विरुद्ध तत्काल कानुनी कारबाही गर्नु पर्ने जस्ता माग राखेर आज ज्ञापन पत्र बुझाएका छन् ।  

उत्खनन् कार्यले सिंचाई, खानेपानीलाई ठूलो असर गर्ने, वातावरणीय जोखिम बढ्ने, सयौँ खेती योग्य जमिन र घरहरू जोखिममा पर्ने, सामाजिक आतंक भए त्रास उत्पन्न गराएको, चरिचरण नष्ट गरिएको, सार्वजनिक र सरकारी जग्गाको दोहन भएको र स्थानिय जनताको मौलिक हक अधिकार हनन भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यस विषयमा जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा रहने अनुगमन समितिले अवैध उत्खननस्थलको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखसहितको टोलीले अवैध उत्खनन स्थलमा पुगेर उत्खनन् रोक्न निर्देशन दिएको जनाईएको छ । त्यस्तै चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले पनि अवैध देखिए कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने रहने छ । अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको...
इनिशा विक प्रकरणको अनुसन्धानबारे के भन्छन् आईजीपी कार्की ?

इनिशा विक प्रकरणको अनुसन्धानबारे के भन्छन् आईजीपी कार्की ?

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका...
भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा गएराति राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।
भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । अहिले सो खण्डमा काठमाडौँबाट छुटेका रात्रिबसहरू फसेको जिल्ला प्रहरी कार्यालय रुकुम...