नेभिगेशन
समाज

रविलाई भेटेपछि हृदयश त्रिपाठी भन्छन्, ‘प्रतिशोधको शिकार भएका रवि उच्च मनोबल का साथ न्यायको पर्खाइमा हुनुहुन्छ’

काठमाडौँ  । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् । शनिबार भैरहवा काराकारमा पुगेर त्रिपाठीले लामिछानेलाई भेटेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेसँगको भेटपछि उनले रवि प्रतिशोधको शिकार भएको र उनी उच्च मनोबलका साथ न्यायको पर्खाइमा रहेको बताएका छन् । त्रिपाठीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्व उपप्रधानमन्त्री रवि लामिछानेजी सँग हिजो भैरहवा कारागारमा भेट भयो । प्रतिशोधको शिकार रविजी उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ।’

Ncell
Extreme Energy

त्यस्तै उनले सहकारी ठगीमा मुख्य आरोपितहरु सत्ताको संरक्षणमा अनुसन्धानमा समेत नतानिएको र रविलाई थुनेर आफ्नालाई जोगाउन सत्ता नै लागेको आरोप लगाएका छन् । ‘खुन्खार सहकारी अपचलनका अपराधीहरु सत्ताको संरक्षकत्वमा अनुसन्धानको घेरा बाहिर घुम्दैछन। रविजीको विषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ। भाइ देर है अन्धेर नहि – चेतना भया।’, उनले  लेखेका छन् ।

हृदयशले उठाएको सो विषयमा धेरैले धन्यवाद दिएका छन् । त्रिपाठीले सत्यको पक्षमा आवाज उठाएको भन्दै रास्वपा उपसभापति स्वर्णिम वाग्लेले समेत धन्यवाद दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दल त्याग गर्ने १० स्थानीय जनप्रतिनिधिको पद गयो

दल त्याग गर्ने १० स्थानीय जनप्रतिनिधिको पद गयो

निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित १० जनाबह स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
सभामुखलाई भेटेर के भने आङ्देम्बेले ?

सभामुखलाई भेटेर के भने आङ्देम्बेले ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्याललाई भेटेर बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय संसदीय समिति गठनबारे ध्यानाकर्षण गराएका...