नेभिगेशन
समाज

रविलाई भेटेपछि हृदयश त्रिपाठी भन्छन्, ‘प्रतिशोधको शिकार भएका रवि उच्च मनोबल का साथ न्यायको पर्खाइमा हुनुहुन्छ’

काठमाडौँ  । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् । शनिबार भैरहवा काराकारमा पुगेर त्रिपाठीले लामिछानेलाई भेटेका हुन् ।

लामिछानेसँगको भेटपछि उनले रवि प्रतिशोधको शिकार भएको र उनी उच्च मनोबलका साथ न्यायको पर्खाइमा रहेको बताएका छन् । त्रिपाठीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्व उपप्रधानमन्त्री रवि लामिछानेजी सँग हिजो भैरहवा कारागारमा भेट भयो । प्रतिशोधको शिकार रविजी उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ।’

CG

त्यस्तै उनले सहकारी ठगीमा मुख्य आरोपितहरु सत्ताको संरक्षणमा अनुसन्धानमा समेत नतानिएको र रविलाई थुनेर आफ्नालाई जोगाउन सत्ता नै लागेको आरोप लगाएका छन् । ‘खुन्खार सहकारी अपचलनका अपराधीहरु सत्ताको संरक्षकत्वमा अनुसन्धानको घेरा बाहिर घुम्दैछन। रविजीको विषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ। भाइ देर है अन्धेर नहि – चेतना भया।’, उनले  लेखेका छन् ।

हृदयशले उठाएको सो विषयमा धेरैले धन्यवाद दिएका छन् । त्रिपाठीले सत्यको पक्षमा आवाज उठाएको भन्दै रास्वपा उपसभापति स्वर्णिम वाग्लेले समेत धन्यवाद दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...