नेभिगेशन
समाज

वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरणः १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रहरीलाई उच्च अदालतको आदेश

काठमाडौँ । वीरगंजका मेयर राजेशमान सिंहविरुद्धको नागरिकता किर्ते प्रकरणमा अनुसन्धानमा विलम्ब भएको भन्दै उच्च अदालतमा परेको निवेदनमाथि अदालतले परामादेश दिएको छ । बुधबार उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश हरिराज कार्कीको इजलासले मेयरको नागरिकता किर्ते प्रकरणमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न जिल्ला प्रहरीका कार्यालय पर्सालाई आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतले उक्त प्रकरणमा के भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? भन्दै प्रहरीलाइ जवाफ माग गरेको छ । ‘यसमा के भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सबूत प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय, बीरगंज मार्फत लिखित जवाफ पेश गर्नु भनि यो आदेश र निवेदनको प्रतिलिपि समेत साथै राखी विपक्षहरूका नाममा म्याद सूचना जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेश गर्नु।’, परमादेशमा भनिएको छ । 

Ncell
Extreme Energy

अर्काकी छोरीलाई आफ्नी छोरीका रुपमा नागरिकता दिलाएको विषयमा अनुसन्धान र कारबाही प्रक्रियामा ढिलासुस्ती गरेको भन्दै वीरगंज महानगरपालिका ३ निवासी लियाकत अलीले मंगलबार अदालतमा परमादेशको निवेदन दर्ता गराएका थिए । 

मेयर सिंहले अर्काकी छोरीलाई आफैँ बाबु बनेर जन्मदर्ता देखी सिफारिससम्म किर्ते कागजात बनाएर नागरिकता दिलाएको तर सो विरुद्ध परेको उजुरी र कारबाही प्रक्रियामा ढिलासुस्ती गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला सरकारी वकिल कार्यालय पर्सा र पर्साका प्रहरी उपरिक्षकलाई विपक्षी बनाएर निवेदन दर्ता गराएका थिए । सोही निवेदनउपर न्यायाधीश कार्कीको इजलासले जवाफ पेश गर्न आदेश दिएको हो । 

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अर्काकी छोरीलाई नागरिकता बनाएको विषयमा सिधाकुराले २०८० साल पुस २४ गते समाचार प्रकाशित गरेको थियो ।

मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्तानक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएनवीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरीवीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठनराजेशमानको उध्रिएको मुकुट !वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरीवीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ताजिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरुगरिकता किर्ते प्रकरण : वीरगंजका मेयर राजेशमान सिंहलाई फैजदारी कसुरमा मुद्दा चलाउने तयारीमा प्रहरीनागरिकता किर्तेमा छानबिन प्रभावित बनाउन वीरगंजका मेयरले गराए शक्ति प्रदर्शनवीरगंजका मेयरलाई कारबाहीकाे माग गर्दै मसाल जुलुस

गठबन्धनको दबाबले वीरगंजका मेयर राजेशमान सिंहको किर्ते नागरिकता छानबिनमा ढिलाइ : गगन थापा 

वीरगंजका मेयर सिंहसँग 'पति' नाता कायम भएको दाबी गर्दै रिता भट्टराईले दर्ता गरिन अंश र डिभोर्स मुद्दानागरिकता दिलाइएकी युवतीको जन्म दर्तामा पनि किर्तेकारबाहीबाट जोगिन प्रधानमन्त्रीको शरणमा वीरगंजका मेयर राजेशमान ! मेयरको नागरिकता किर्ते प्रकरण : छानबिन गरेर कारबाही गर्न वीरगंज काँग्रेसको मागवीरगंजका मेयर राजेशमान सिंहविरुद्धको नागरिकता किर्ते प्रकरणमा परमादेश माग गर्दै उच्च अदालतमा निवेदन दर्ता

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...