नेभिगेशन
समाज

घट्यो पेट्रल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आगामी १५ दिनको लागि मूल्य घटाएको हो । निगमले जेठ २ गतेबाट लागू हुनेगरी साविकको मूल्यमा प्रति लिटर पेट्रलमा रु १, डिजेल र मट्टितेलमा रु ३ रुपैयाँ घटाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य काठमाडौं, दिपायल र पोखरामा १ सय ५४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १ सय ५६ रुपैयाँ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १ सय ५७ रुपैयाँ पर्नेछ । 

Ncell
Extreme Energy

त्यस्तै डिजेलको मूल्य काठमाडौं, दिपायल र पोखरामा १ सय ३९ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १ सय ४१ रुपैयाँ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १ सय ४२ रुपैयाँ पर्नेछ । 

497923877_1932528284219540_5756293199809632145_n-1747320647.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...

भर्खरै