नेभिगेशन
मुख्य समाचार

संक्रमणकालीन न्यायसंग सम्बन्धीत आयोगको पदाधिकारी नियुक्तिप्रति द्वन्द पीडितको आपत्ति

काठमाडौँ । द्वन्द पीडित समुदायले संक्रमणकालीन न्यायसंग सम्बन्धी आयोगहरुमा भएको पदाधिकारी नियुक्तिप्रति आपत्ति जनाएको छ । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित साझा चौतारी, वेपत्ता परिवार समाज नेपाल, द्वन्द्व पीडित साझा चौतारी लगाएतले संयुक्त पत्रकार सम्मेलन गर्दै आफुहरुसंग परामर्श नै नगरि आयोगमा अपारदर्शी, स्वेच्छाचारी, अविश्वसनीय, निर्देशीत र दलीय भागवण्डाका आधारमा पदाधिकारी छनौट गरिएको भन्दै आपत्ति जनाएको हो । 

Dish home
City Express

बिभिन्न सात बुँदे धारणा सार्वजनिक गर्दै उनीहरुले द्वन्द पीडितको अपमान हुने गरि गरिएको नियुक्ति अस्वीकार्य भएको जनाएका छन् । त्यस्तै उनीहरुले द्वन्द पीडित समुदायसंग छलफल नगर्ने सरकार र छनौट समितिको व्यवहारले अपमानित महशुस भएको र यसबाट संविधानको पनि अपमान भएको जनाएका छन् । सरकारले गरेको नियुक्ति प्रक्रिया सच्चाएर विश्वसनीय र पारदर्शी छनौट र नियुक्तिको सुनिश्चित नगरेसम्म आफुहरुको आन्दोलन र विरोध जारी रहने द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालकी पूर्व अध्यक्ष श्रृजना श्रेष्ठले बताइन् । 

द्वन्द पीडित समुदायले  सत्य, न्याय र परिपूरणको अधिकारको सम्मानजनक प्रचलनका लागि हुने आफुहरुको आन्दोलनमा साथ दिन मानवअधिकार संस्था, जनप्रतिनिधि तथा अन्तराष्ट्रिय समूदायसंग अपिल पनि गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल...
विपी राजमार्गकाे अस्थायी सडक बाढीले बगाएपछि सवारीसाधनलाई चरिकोट हुँदै काठमाडौँ पठाइयो

विपी राजमार्गकाे अस्थायी सडक बाढीले बगाएपछि सवारीसाधनलाई चरिकोट हुँदै काठमाडौँ पठाइयो

काभ्रेको रोशी गाउँपालिकाको विभिन्न स्थानमा रोशी खोलाले राजमार्ग कटान गरेको छ भने नमोबुद्ध र धुलिखेलका क्षेत्रमा पनि सडक भासिएको र बगेको छ ।
यी हुन् इलामकाे पहिरोमा परी ज्यान गुमाउने ३७ जना

यी हुन् इलामकाे पहिरोमा परी ज्यान गुमाउने ३७ जना

यस्तै, इलाम नगरपालिका–६ का ४८ वर्षीय महेन्द्र लिम्बू पहिरोमा बेपत्ता भएका र उनको  खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको...
इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो

इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो

मृत्यु हुनेमा सूर्योदय–१ मा ५ जना, इलाम नगरपालिका–१ मा ६ जना, देउमाइमा २ जना, फाकफोकथुपमा १ जना, मान्सेबुङमा ३ जना, माइजोगमाइमा ८ जना र सन्दकपुरमा ३ जनाको मृत्यु...