नेभिगेशन
समाज

संक्रमणकालीन न्यायसंग सम्बन्धीत आयोगको पदाधिकारी नियुक्तिप्रति द्वन्द पीडितको आपत्ति

काठमाडौँ । द्वन्द पीडित समुदायले संक्रमणकालीन न्यायसंग सम्बन्धी आयोगहरुमा भएको पदाधिकारी नियुक्तिप्रति आपत्ति जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित साझा चौतारी, वेपत्ता परिवार समाज नेपाल, द्वन्द्व पीडित साझा चौतारी लगाएतले संयुक्त पत्रकार सम्मेलन गर्दै आफुहरुसंग परामर्श नै नगरि आयोगमा अपारदर्शी, स्वेच्छाचारी, अविश्वसनीय, निर्देशीत र दलीय भागवण्डाका आधारमा पदाधिकारी छनौट गरिएको भन्दै आपत्ति जनाएको हो । 

Ncell
Extreme Energy

बिभिन्न सात बुँदे धारणा सार्वजनिक गर्दै उनीहरुले द्वन्द पीडितको अपमान हुने गरि गरिएको नियुक्ति अस्वीकार्य भएको जनाएका छन् । त्यस्तै उनीहरुले द्वन्द पीडित समुदायसंग छलफल नगर्ने सरकार र छनौट समितिको व्यवहारले अपमानित महशुस भएको र यसबाट संविधानको पनि अपमान भएको जनाएका छन् । सरकारले गरेको नियुक्ति प्रक्रिया सच्चाएर विश्वसनीय र पारदर्शी छनौट र नियुक्तिको सुनिश्चित नगरेसम्म आफुहरुको आन्दोलन र विरोध जारी रहने द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालकी पूर्व अध्यक्ष श्रृजना श्रेष्ठले बताइन् । 

द्वन्द पीडित समुदायले  सत्य, न्याय र परिपूरणको अधिकारको सम्मानजनक प्रचलनका लागि हुने आफुहरुको आन्दोलनमा साथ दिन मानवअधिकार संस्था, जनप्रतिनिधि तथा अन्तराष्ट्रिय समूदायसंग अपिल पनि गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...

भर्खरै