नेभिगेशन
समाज

उदयपुरमा सवारी दुर्घटना, ११ जना घाईते

उदयपुर । मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुर सडक खण्डमा चार पाङग्रे यात्रुवहाक इभि गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लोकमार्गको कटारी–गाईघाट सडक खण्ड अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अधेँरीमा दुर्घटना भएको हो।

Ncell
Extreme Energy

काठमाडौ बाट गाईघाट तर्फ आउँदै गरेको प्र १–०५–००१ ज ००५८ नम्वरको इभि गाडी ओरालो बाटोमा बेक्र फेल भई अनियन्त्रित भई  दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा त्रियुगा नगरपालिका–९ राजावासका २६ वर्षिय  गोपी दनुवार, त्रियुगा–८ साईखोलाका २० वर्षिय निशन खड्का र जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका–४ बस्ने ६० वर्षिय सानुमाया श्रेष्ठलाई विराट टिचिङ अस्पताल विराटनगर रेफर गरिएको छ।

दुर्घटनामा रौतामाई गाँउपालिका–७ का ४५ वर्षिय पुष्पा खड्का गम्भिर घाइते भएपछि  उनको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार गरी न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको  छ ।

यसैगरी घाइतेहुनेमा सवारी चालक त्रियुगा नगरपालिका–६ का २० वर्षिय  हिमाल बस्नेत, २४ वर्षिय संगिता खत्री, चौदण्डीगढी नगरपालिका–१० बस्ने १८ वर्षिय मिजा सेवा, भक्तपुर सूर्यविनायक नगरपालिका–४ बस्ने ६६ वर्षिय श्याम काजी श्रेष्ठ, ३३ वर्षिय प्रतिक्षा बजिमय, सिन्धुली कमलामाई नगरपालिका–१० बस्ने  ४३ वर्षिय ओम बहादुर भुजेल, खोटाङ बराहापोखरी गाँउपालिका–४ बस्ने  १९ वर्षिय अनिश राई रहेको र उनिहरुको जिल्ला अस्पताल गाईघाटमा सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी केदारमान दोङले बताए । दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...

भर्खरै