नेभिगेशन
मुख्य समाचार

उदयपुरमा सवारी दुर्घटना, ११ जना घाईते

उदयपुर । मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुर सडक खण्डमा चार पाङग्रे यात्रुवहाक इभि गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । 

लोकमार्गको कटारी–गाईघाट सडक खण्ड अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अधेँरीमा दुर्घटना भएको हो।

CG

काठमाडौ बाट गाईघाट तर्फ आउँदै गरेको प्र १–०५–००१ ज ००५८ नम्वरको इभि गाडी ओरालो बाटोमा बेक्र फेल भई अनियन्त्रित भई  दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा त्रियुगा नगरपालिका–९ राजावासका २६ वर्षिय  गोपी दनुवार, त्रियुगा–८ साईखोलाका २० वर्षिय निशन खड्का र जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका–४ बस्ने ६० वर्षिय सानुमाया श्रेष्ठलाई विराट टिचिङ अस्पताल विराटनगर रेफर गरिएको छ।

दुर्घटनामा रौतामाई गाँउपालिका–७ का ४५ वर्षिय पुष्पा खड्का गम्भिर घाइते भएपछि  उनको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार गरी न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको  छ ।

यसैगरी घाइतेहुनेमा सवारी चालक त्रियुगा नगरपालिका–६ का २० वर्षिय  हिमाल बस्नेत, २४ वर्षिय संगिता खत्री, चौदण्डीगढी नगरपालिका–१० बस्ने १८ वर्षिय मिजा सेवा, भक्तपुर सूर्यविनायक नगरपालिका–४ बस्ने ६६ वर्षिय श्याम काजी श्रेष्ठ, ३३ वर्षिय प्रतिक्षा बजिमय, सिन्धुली कमलामाई नगरपालिका–१० बस्ने  ४३ वर्षिय ओम बहादुर भुजेल, खोटाङ बराहापोखरी गाँउपालिका–४ बस्ने  १९ वर्षिय अनिश राई रहेको र उनिहरुको जिल्ला अस्पताल गाईघाटमा सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी केदारमान दोङले बताए । दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा. निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । उनले  पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् ।
हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन् । माइतिघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे...
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

सोही अनुसार विकास प्राधिकरणले भत्काउने पर्ने संरचना र फिल्डको नक्साङ्कन समेत गरेर पुस ५ गते शनिबार बिहान ८ बजेका लागि भत्काउने समय तय गरेको थियो । तर, शुक्रबार...