नेभिगेशन
सिधाकुरा विशेष

हुरीले धुरी उडाएको २ दिनमै ११ हजार भोल्टको झट्काले उडायो उपेशको प्राण

यता उपेशको प्राण उँड्यो उता परिवारको साहारा सकियो । आँखा देख्न नसक्ने बृद्ध आमा, बाबु, ८ वर्षकी छोरी, ५ वर्षका छोरा र श्रीमतिको एकमात्र साहारा थिए उपेश ।

सर्लाही । शनिबार बिहानको करिब साढे ११ बजेको थियो । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानस्थित गोपी चोकका उपेश परियार तार जोड्न धुलीखेलको खम्बामा चढेका थिए । 

उनी चढेको खम्बामा टाँघिएको तारमा सानोतिनो होइन ११ हजार भोल्टको करेन्ट बग्ने गर्दथ्यो । उनी पोलमा चढेर काम गरिरहेकै समयमा उक्त तारमा एक्कासी करेन्ट बग्न थाल्यो । उपेशले ऐया पनि भन्न पाएनन् । उनको प्राण पखेरो छिनभरमै उँड्यो । 

CG

यता उपेशको प्राण उँड्यो उता परिवारको साहारा सकियो । आँखा देख्न नसक्ने बृद्ध आमा, बाबु, ८ वर्षकी छोरी, ५ वर्षका छोरा र श्रीमतिको एकमात्र साहारा थिए उपेश । त्यसैमाथि दैव पनि यही परिवारमाथि नै खनिएको छ । जेठ १ गते आएको हुरीले उनकै घरको मात्र छानो उडायो । यता छानो उँडेको २ दिनपछि उता परिवारको एकमात्र खम्बा ढल्यो । हुण्डरीले घारिबथानमा उपेशको घर वाहेक कसैको घरमा क्षति भएको छैन । 

घरमा दृष्टिविहीन आमा विष्णु दमाई छोराको मृत्युको खबरले विक्षिप्त छिन् । उनलाई अहिले यो अवस्थामा आफू साहाराबिहिन बनेको चिन्ता त छ नै त्यो भन्दा बढी चिन्ता बेसाहारा बनेका नातिनातिनाको छ । 

उपेशको मृत्यु भएको खबर सुनेपछि धुरी नभएको घरमा आफन्त र गाउँलेहरु भरिएका छन् । आफन्तहरुले धुलिखेलबाट शव सर्लाही लैजादै छन् । शव लिएर आएपछि काजकिरियामा बस्ने ठाउँ समेत नरहेकाले गाउँले मिलेर उपेशको घरमा छानो हालिदिएका छन् । “यही थोरै घडेरी र यो घर बाहेक यिनिहरुको केही पनि छैन्, त्यही उपेशले कमाएर परिवारको गुजारा चलाइरहेको थियो,” छिमेकी फणिन्द्र पौडेलले उपेशको परिवारको हालत सुनाए । 

उज्वलको घरमा हावाहुरीले छानो उडाएपछि खाने अन्न र लगाउने कपडा सबै भिजेको छ । घरमा जम्मा भएका गाउँलेहरु यस्तो पीडा कसैलाई नपरोस् कामना गरिरहेका छन् । 

परिवारका अनुसार उपेश केही समयदेखि धुलिखेल क्षेत्रमा  विस्तार भइरहेको हाइटेन्सन लाइनमा ठेकेदारमार्फत मजदुरको रुपमा काम गरिरहेका थिए । शनिबार धुलिखेल नगरपालिका–७, स्थित जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला एक्कासी लाइन छाड्दा उपेशको घटनास्थलमै मृत्युु भएको थियो । घटनापछि मृतकको परिवारलाई १० लाख रुपैयाँ दिने र परिवारलाई रोजगारीको व्यवस्था गर्ने सहमति भएको छ । 

पोलमा चढेका मजदुरलाई ११ हजार भोल्टको करेन्टले झट्का दिएको विषयलाई सामान्य रुपमा लिन नहुने चौतर्फी आवाज उठिरहेको छ । आइतबारको संसदमा यो हदको लापरवाही रोकिनुपर्ने र दोषीलाई हत्या अभियोगमा कारबाही हुनुपर्ने माग उठेको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा. निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । उनले  पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् ।
हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन् । माइतिघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे...
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

सोही अनुसार विकास प्राधिकरणले भत्काउने पर्ने संरचना र फिल्डको नक्साङ्कन समेत गरेर पुस ५ गते शनिबार बिहान ८ बजेका लागि भत्काउने समय तय गरेको थियो । तर, शुक्रबार...