नेभिगेशन
समाज

हुरीले धुरी उडाएको २ दिनमै ११ हजार भोल्टको झट्काले उडायो उपेशको प्राण

यता उपेशको प्राण उँड्यो उता परिवारको साहारा सकियो । आँखा देख्न नसक्ने बृद्ध आमा, बाबु, ८ वर्षकी छोरी, ५ वर्षका छोरा र श्रीमतिको एकमात्र साहारा थिए उपेश ।

सर्लाही । शनिबार बिहानको करिब साढे ११ बजेको थियो । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानस्थित गोपी चोकका उपेश परियार तार जोड्न धुलीखेलको खम्बामा चढेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी चढेको खम्बामा टाँघिएको तारमा सानोतिनो होइन ११ हजार भोल्टको करेन्ट बग्ने गर्दथ्यो । उनी पोलमा चढेर काम गरिरहेकै समयमा उक्त तारमा एक्कासी करेन्ट बग्न थाल्यो । उपेशले ऐया पनि भन्न पाएनन् । उनको प्राण पखेरो छिनभरमै उँड्यो । 

Ncell
Extreme Energy

यता उपेशको प्राण उँड्यो उता परिवारको साहारा सकियो । आँखा देख्न नसक्ने बृद्ध आमा, बाबु, ८ वर्षकी छोरी, ५ वर्षका छोरा र श्रीमतिको एकमात्र साहारा थिए उपेश । त्यसैमाथि दैव पनि यही परिवारमाथि नै खनिएको छ । जेठ १ गते आएको हुरीले उनकै घरको मात्र छानो उडायो । यता छानो उँडेको २ दिनपछि उता परिवारको एकमात्र खम्बा ढल्यो । हुण्डरीले घारिबथानमा उपेशको घर वाहेक कसैको घरमा क्षति भएको छैन । 

घरमा दृष्टिविहीन आमा विष्णु दमाई छोराको मृत्युको खबरले विक्षिप्त छिन् । उनलाई अहिले यो अवस्थामा आफू साहाराबिहिन बनेको चिन्ता त छ नै त्यो भन्दा बढी चिन्ता बेसाहारा बनेका नातिनातिनाको छ । 

उपेशको मृत्यु भएको खबर सुनेपछि धुरी नभएको घरमा आफन्त र गाउँलेहरु भरिएका छन् । आफन्तहरुले धुलिखेलबाट शव सर्लाही लैजादै छन् । शव लिएर आएपछि काजकिरियामा बस्ने ठाउँ समेत नरहेकाले गाउँले मिलेर उपेशको घरमा छानो हालिदिएका छन् । “यही थोरै घडेरी र यो घर बाहेक यिनिहरुको केही पनि छैन्, त्यही उपेशले कमाएर परिवारको गुजारा चलाइरहेको थियो,” छिमेकी फणिन्द्र पौडेलले उपेशको परिवारको हालत सुनाए । 

उज्वलको घरमा हावाहुरीले छानो उडाएपछि खाने अन्न र लगाउने कपडा सबै भिजेको छ । घरमा जम्मा भएका गाउँलेहरु यस्तो पीडा कसैलाई नपरोस् कामना गरिरहेका छन् । 

परिवारका अनुसार उपेश केही समयदेखि धुलिखेल क्षेत्रमा  विस्तार भइरहेको हाइटेन्सन लाइनमा ठेकेदारमार्फत मजदुरको रुपमा काम गरिरहेका थिए । शनिबार धुलिखेल नगरपालिका–७, स्थित जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला एक्कासी लाइन छाड्दा उपेशको घटनास्थलमै मृत्युु भएको थियो । घटनापछि मृतकको परिवारलाई १० लाख रुपैयाँ दिने र परिवारलाई रोजगारीको व्यवस्था गर्ने सहमति भएको छ । 

पोलमा चढेका मजदुरलाई ११ हजार भोल्टको करेन्टले झट्का दिएको विषयलाई सामान्य रुपमा लिन नहुने चौतर्फी आवाज उठिरहेको छ । आइतबारको संसदमा यो हदको लापरवाही रोकिनुपर्ने र दोषीलाई हत्या अभियोगमा कारबाही हुनुपर्ने माग उठेको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

एम्बुलेन्सको ओहोरदोहोर बाक्लो छ । शव ओसार्न भ्याइनभ्याइ छ । रसुवा बाढीमा परेर हराएकाहरु चितवनको नारायणी किनारमा भेटिइरहेका छन् । नारायणीमा भेटिएका शव भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग...
रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावरहरु प्रभावित भएर सेवामा असर परेको थियो । ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै...
एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

त्रिभुवन विमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा छन्। कतै हेलिकोप्टरले आफ्नो मान्छे ल्याइहाल्छ कि भन्ने आशामा बेपत्ताका आफन्तहरु विमानस्थल बाहिर कुरिरहेका छन्।
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।