नेभिगेशन
समाज

७ करोड खर्चेर नयाँ स्वरुपमा सञ्चालनमा आयो ‘होटल मार्कोपोलो’

काठमाडौँ । काठमाडौँको कमलपोखरीमा मार्कोपोलो होटल औपचारिक रुपमा सञ्चालनमा आएको छ । ईन्द्रेणी मल्टीप्रपोज ईन्भेस्टमेन्ट प्रालिले होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट संचालनमा ल्याएको २४ दिनपछि औपचारिक रुपमा उद्घाटन भएको हो । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले शनिबार एक समारोहकाबिच होटलको उद्घाटन गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

होटलको उद्घाटन गर्दै अध्यक्ष चन्द्र ढकालले नेपालमा सम्भावना हुँदाहुँदै पनि कतिपय चिजहरुलाई गुमाइरहेको बताए । उनले नेपालमा साच्चिकै सम्भावना रहेकाले आफ्नै देशमा होटल रेष्टुरेन्ट संचालनमा ल्याउनु सकारात्मक पक्ष भएको बताएका छन् ।

Ncell
Extreme Energy

उनले भने, ‘अहिले नेपालमा एकदमै सम्भावना हुँदाहुँदै पनि कतिपय चिजहरुलाई गुमाइरहेका हुन्छौं । कतिपय सम्भावनाहरु अगाडि बढाउनका लागि नकारात्मक वातावरण छैन भन्ने हिसावलाई चिर्नका लागि देशमै केही न केही गर्नुपर्ने भन्ने यो एउटा सकारात्मक उदाहरण हो । नेपालमा साच्चिकै सम्भावना छ भन्ने जुन म्यासेज दिनको लागि र नेपालमा रहनु हुने सबैलाई सम्भावना छ भन्ने उदेश्यले होटल अगाडि बढाउनु भयो यो साच्चिकै राम्रो पक्ष हो ।’

साथै उनले हरेक नेपाललाई प्रमोट गर्ने एउटा सम्भावित एरियामा लगानी गर्नु सबल पक्ष भएको बताए । उनले मार्कोपोलो प्रालिले आफैंमा नेपालको पर्यटक क्षेत्रलाई अगाडि बढाउनमा विशेष भूमिका खेलेको बताए ।

इन्द्रेणी मल्टिपर्पोज प्रालिको ७ करोड लगानीमा होटलको स्तरोनन्तिको काम सम्पन्न भएसँगै औपचारिक रुपमा सञ्चालन आएको हो।

नयाँ व्यवस्थापनले होटलको भौतिक संरचना, सेवा सुविधा र खानपानमा व्यापक सुधार गर्दै आधुनिक प्रविधियुक्त होटलको अवधारणा अघि सारेको छ । होटलका निर्देशक कृष्ण सुवेदीले पाहुनालाई नयाँ अनुभव हुनेगरी होटल रूम, रेष्टुरेन्ट र बैठक कक्ष तयार भएको जानकारी दिए ।

स्वच्छ, शान्त र पारिवारिक वातावरणमा बस्न चाहने ग्राहकका लागि उपयुक्त हुने गरी होटललाई ४ प्रकारका ३० वटा अत्याधुनिक तथा सुविधायुक्त कोठाहरूसहित डिजाइन गरिएको छ । होटलमा ४ हजारदेखि ८ हजारसम्मका डिलक्स तथा स्विटरूमहरूमा मध्ययवर्गीय नेपाली तथा विदेशी पर्यटकले उत्कृष्ट अनुभव गर्नेछन् ।

काठमाडौं शहरको सुन्दर दृश्यावलोकनसहित स्वादिष्ट खानाका परिकार पाईने रुफटप रेष्टुरेन्ट मार्कोपोलो होटलको विशेष आकर्षण हुनेछ । होटलमा ६० जना क्षमताको सभाहल समेत बनेको छ । बैठक तथा सेमीनारका लागि उपयुक्त डिजाईनमा बनेको हलमा ग्राहकले ५० देखि ६० जनासम्म सहभागी हुने उत्सवका लागि समेत प्रयोग गर्न सक्नेछन् ।

आकर्षक ग्रिनरी डिजाईनमा तयार पारिएको रूफटप रेष्टुरेन्टमा नेपाली परिकारसँगै इण्डियन, जापनिज र कन्टिनेन्टल परिकारहरु उपलब्ध हुनेछन् । ग्राहकको रूचिका आधारमा विदेशी तथा स्वदेशी पाहुनालाई ध्यानमा राखेर मेनु तयार गरिएको निर्देशक सुवेदीको भनाई छ ।

ईन्द्रेणी मल्ट्रीप्रपोज प्रालिले पहिलो चरणमा काठमाडौंबाट सेवा थालेपनि यसलाई विस्तार गर्दै देशका अन्य शहरमा पनि लैजाने तयारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

यही असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या १५ पुगेको छ । आज बिहान चार जनाको शव भेटिएकामा आजै दिउँसो थप चार जनाको शव भेटिएको...
सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलनामा करिव १० हजारले...
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...