नेभिगेशन
समाज

मानव धर्म सेवा समिति र मगर संघ कटारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

उदयपुर । ‘रक्तदान जीवन दान, सच्चा मानवताको पहिचान भन्ने नारा सहित कटारीमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ।  मानव धर्म सेवा समिति कटारी र मगर संघ कटारी नगर समितिले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रम कटारी नगर पालिका वडा नम्वर ३ मा रहेको होटल माछापुछ्रेमा भएको थियो । कार्यक्रममा  स्थानीययुवाहरु, संघ संस्थाका प्रतिनिधि ,कर्मचारी, व्यापारी र राजनीतिज्ञ गरी ६१ जनाले रक्तदान गरेका थिए ।

CG

रक्तदान निम्ति रेडक्रस उदयपुरले सहयोग उपलब्ध गराएको थियो । मानव धर्म सेवा समिति कटारी र मगर संघ कटारीको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रमको मूल उद्देश्य आपातकालीन रक्त अभावलाई न्यूनीकरण गर्दै समुदायमा मानविय सेवा भाव फैलाउन रहेको मगर संघ कटारीका अध्यक्ष  अमर मगरले बताए।

सहभागिता जनाउने रक्तदाताहरूलाई  आयोजकले धन्यबाद सहित प्रमाणपत्र  प्रदान गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

उनका अनुसार मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवा प्रवाह सिंहदरबारबाट सुरु गरिएको छ । सिंहदरबारस्थित  नेपाली सेनाको नर्सिङ दल गणको खाली...
डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

१० हजार रुपैयाँको प्रलोभन देखाई नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने गरेको होप फर्टिलिए एण्ड डाइग्नोष्टिक प्रा.लि.लाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च तथा महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्दा...
७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक दशमलव सात जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ ।
जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए ।