नेभिगेशन
समाज

पोखरिया नगरपालिकाका प्रशासन विभाग प्रमुख सन्दिप साह अख्तियारको नियन्त्रणमा

पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लाको पोखरिया नगरपालिकाका जिन्सी शाखा, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख सन्दिप साहलाई नियन्त्रणमा लिएको छ । मेयर प्रदुमन चौहानका विश्वास मानिने उनलाई उनको निवास प्रगतिनगरबाट नियन्त्रणमा लिइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अख्तियारका अनुसार, साहले पोखरिया नगरपालिकाका विभिन्न आयोजना र सामान खरिदमा ठेकेदार र सेवाग्राहीसँग अनाधिकृत रूपमा घुस लिएको आरोपका कारण अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धान क्रममा साहले नगरपालिका अन्तर्गतका विभिन्न परियोजना, ठेक्का तथा आपूर्ति प्रक्रियामा अनियमितता गरेको र त्यसबाट घूस लिने गतिविधिमा संलग्न रहेको पाइएकाले लिइएको जनाइएको छ । उक्त कार्यमा संलग्न अन्य व्यक्तिबारे छानबिन भइरहेको आयोगले जनाएको छ ।

Ncell
Extreme Energy

अख्तियारले यसअघि बहुदरमाई नगरपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरिसकेको छ भने पोखरिया नगरपालिकामा छापा हानिरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...

भर्खरै