नेभिगेशन
समाज

पोखरिया नगरपालिकाका प्रशासन विभाग प्रमुख सन्दिप साह अख्तियारको नियन्त्रणमा

पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लाको पोखरिया नगरपालिकाका जिन्सी शाखा, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख सन्दिप साहलाई नियन्त्रणमा लिएको छ । मेयर प्रदुमन चौहानका विश्वास मानिने उनलाई उनको निवास प्रगतिनगरबाट नियन्त्रणमा लिइएको हो । 

अख्तियारका अनुसार, साहले पोखरिया नगरपालिकाका विभिन्न आयोजना र सामान खरिदमा ठेकेदार र सेवाग्राहीसँग अनाधिकृत रूपमा घुस लिएको आरोपका कारण अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धान क्रममा साहले नगरपालिका अन्तर्गतका विभिन्न परियोजना, ठेक्का तथा आपूर्ति प्रक्रियामा अनियमितता गरेको र त्यसबाट घूस लिने गतिविधिमा संलग्न रहेको पाइएकाले लिइएको जनाइएको छ । उक्त कार्यमा संलग्न अन्य व्यक्तिबारे छानबिन भइरहेको आयोगले जनाएको छ ।

CG

अख्तियारले यसअघि बहुदरमाई नगरपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरिसकेको छ भने पोखरिया नगरपालिकामा छापा हानिरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

क्यानका महानिर्देशक अधिकारीसहित सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणका क्रममा भएको अनियमिततालाई लिएर अख्तियारले उनीहरुबिरुद्ध बिशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।
बैंकिङ कसूर आरोपमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

बैंकिङ कसूर आरोपमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

शाक्यलाई बुधबार ललितपुरको जावलाखेल स्थित मनिमण्डलबाट पक्राउ गरिको हो । सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत पक्राउ परेका थिए ।
एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पर्साको मनवाबाट रङ्गपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कारमा लुकाइराखेको १०४ किलोग्राम गाँजा बरामद गरेको हो ।
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

विशेष न्यायाधीश रबिउल आलमले हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गरेको र सिद्दिकले आफ्नी ठूलीआमालाई सरकारी परियोजनामा जग्गा प्राप्त गर्न प्रभावशाली रूपमा सहयोग गरेको ठहर गर्दै सजाय सुनाएको थियो